माओवादीले गर्यो पत्रकारलाई सम्मान, पार्टी गतिविधि बारे जानकारी
०८ पुस २०८१, दार्चुला।
नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति दार्चुला ले नेपाल पत्रकार महासंघ दार्चुला को नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सम्मान गरेको छ भने ९ वटै स्थानीयहरुमा पालिका सम्मेलन गरेर थप ५० दिने अभियान थालिएको बारे जानकारी गराएको छ।
आज जिल्ला स्थित पार्टी कार्यलय खलंगामा नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिले पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी बधाई तथा सम्मान कार्यक्रम संगसंगै पार्टी गतिविधि बारे जानकारी गराएको हो।
वडा, पालिका सम्मेलन सक्काएर नवनिर्वाचित पालिका कमिटी अध्यक्ष सहित हिजो जिल्लामा बैठक बसी थप ५० दिने माओवादी रुपान्तरण अभियान थालिनी गर्ने निर्णय गरे लगत्तै पत्रकारहरु मार्फत नागरिक लाई जानकारी गराउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति सचिव विनोद कुँवरले जानकारी दिएका छन्।
के (माओवादी केन्द्र) ६४ पूर्वकै लयमा फर्किएको हो त ? भन्ने पत्रकारको प्रश्नको जवाफ दिंदै केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज लक्ष्मण दत्त जोशी भन्नुहुन्छ, ‘हो हामी विचलित भएको कुरा सत्य हो अनि एकतृत भएर पुरानै लयमा नयाँ ढंगले पार्टी निर्माणमा लागेको कुरा पनि सत्य हो। अब हामीसंग यो देशलाई बचाउने जिम्मेवारी फर्केर आएको छ हामी सक्किने वा सुध्रिने ? दुइवटा विकल्प मध्ये एउटा रोज्नुपर्ने स्थिति छ। यसर्थ हामी रुपान्तरण हुनुको विकल्प छैन् हामी सहिद, घाइते, अपांग, माओवादी पिडित, द्वन्द्व पिडितहरुको अभिलेखिकरण तर्फ पनि उन्मुख छौं ,उहाँले भन्नुभयो। साथै ६४ पूर्वका सबै माओवादीहरु यो देशको भ्रष्टाचार र वेथिती विरुद्ध लड्न पुन: एकठाउँमा आउनुपर्ने बेला भयो उहाँले थपे।
तिंकर सडक र अपिहिमाल जोड्ने सडक का लागि जिल्लाका सम्पूर्ण दलहरु एकजुट हुनुको विकल्प नरहेको बारे कार्यक्रममा सहभागी प्रदेश कमिटी सदस्य एवम् अपिहिमाल गाउँपालिका अध्यक्ष भगतसिंह ठेकरे बोहरा ले बताएका छन्। गोकुलेश्वर एयरपोर्ट, चमेलिया कुणी कुष्काडा वृहत खानेपानी, धन्थला ,सेरा मोटरेवल पुल अहिले जिल्लाका महत्त्वपूर्ण आयोजना हरु बारे सबै दलहरु गम्भिरहुनुको विकल्प नरहेको बताए। साथै माओवादी कै अध्यक्ष प्रचण्ड प्रधानमन्त्री, वर्षमान पुन अर्थमन्त्री हुदाँ जिल्लाको माओवादी टिमले पहल गरेको तर आवश्यक बजेट विनियोजन नगर्दा बजेटप्रति औपचारिक रुपमै असन्तुष्टि व्यक्त गरेको बारे पनि अध्यक्ष ठेकरेले भने। पटकपटक बनेका गठबन्धनका सरकारहरुलाई जिल्लाका तीनवटै पार्टीको डेलिगेसन जादाँ पनि कुनै उन्नति नहुनु राज्यले दार्चुलालाई हेर्ने दृष्टिकोण छर्लङ्ग हुन्छ उनले भने।
कार्तिक -८ गते तिकंरमा अध्यागमन कार्यालय स्थापनार्थ नेपाल सरकारको मन्त्रिपरिषद् ले निर्णय गरेको तर २ महिना बितिसक्दा पनि सरकार आफै पछि हटेको बारे व्याँस गाउँपालिका उपाध्यक्ष एवम् माओवादी केन्द्र जिल्ला समन्वय समिति सचिव विनोद कुँवर बोलेका छन्, व्याँस गाउँपालिका अध्यक्ष मंगल सिंह धामी छाङरु तिंकर का व्यवसायीहरु लिएर काठमाडौं गएका र अब के हुन्छ पछि नै थाहा होला उनले भने।
यस्तै जिल्ला समन्वय समिति संयोजक पदम राज पन्त ले पार्टीका गतिविधि हरु अहिले चलायमान भएका छन् हामी कायम राख्छौं। जिल्ला भरी ३ हजार सदस्यमा २८ सय बढीले नविकरण गरिसकेको र अहिले माओवादी प्रति नागरिकको आकर्षण बढ्दो छ भनी बताएका छन्।
कार्यक्रममा जिल्ला समन्वय समिति संयोजक पदम राज पन्त, इन्चार्ज लक्ष्मण दत्त जोशी, केन्द्रीय सदस्य ललित सिंह ठगुन्ना, सचिव विनोद कुवंर, प्रदेश कमिटी सदस्य भगतसिंह ठेकरे, प्रदेश कमिटी सदस्य खडक सिंह धामी, नेपाल पत्रकार महासंघ दार्चुला अध्यक्ष राजेन्द्र सिंह धामी, नेपाल पत्रकार महासंघ दार्चुलाका निवर्तमान अध्यक्ष कृष्ण सिंह धामी, नेपाल पत्रकार महासंघ दार्चुलाका पूर्व अध्यक्ष शंकर सिंह धामी, प्रेस युनियन दार्चुलाका अध्यक्ष कमल राज जोशी, प्रेस सेन्टर नेपाल दार्चुला अध्यक्ष हरि प्रसाद जोशी, नेपाल पत्रकार महासंघ दार्चुलाका सचिव सुन्दर सिंह धामी लगायत पत्रकारहरुको उपस्थिती रहेको थियो।

















