आफ्नै पार्टीको प्रधानमन्त्रीले असहयोग गरेपछि शिक्षामन्त्रीको राजिनामा
९ वैशाख २०८२, दार्चुला।
यतिबेला देशको प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हुनुहुन्छ, एमाले कै विद्या भट्टराई शिक्षामन्त्री हुनुहुन्थ्यो भने मन्त्री भट्टराईले आफ्नै पार्टीको प्रधानमन्त्रीको तहबाट काम गर्न असहज वातावरण भएकाले हिजो वैशाख ८ गते राजिनामा दिएको स्रोतले जनाएको छ।
यद्यपी औपचारिक रुपमा स्वास्थ्यको कारण देखाइ राजिनामा दिएकी शिक्षामन्त्री विद्या भट्टराईको राजिनामाको विषय लिएर देशमा सकारात्मक र नकारात्मक टिप्पणीहरु आइरहेका छन्।
देशभरका शिक्षकहरु २१ दिनदेखि आन्दोलनमा छन् शिक्षा ऐन नआएसम्म विद्यालय नफर्किने सर्तमा काठमाडौंमा आन्दोलन गरिरहेका हुन्।




