नौगाडमा दोस्रो गाउँ सम्मेलनबाट धनिराम ठगुन्नाको नेतृत्वमा गाउँ कमिटी चयन
२४ मंसिर २०८१, दार्चुला।
जिल्लाको नौगाड गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को दोस्रो गाउँ सम्मेलनबाट धनिराम ठगुन्नाको नेतृत्वमा ४५ सदस्यीय गाउँ कमिटी चयन भएको छ।
आज पालिकाको केन्द्र होपरीगाडमा आयोजना गरिएको दोस्रो गाउँ सम्मेलनबाट धनिराम ठगुन्नाको नेतृत्वमा नव निर्वाचित गाउँ कमिटी चयन गरिएको हो।
अध्यक्ष – धनिराम ठगुन्ना , उपाध्यक्ष – गायत्री रावल, उपाध्यक्ष – बहादुर टमटा , उपाध्यक्ष – लक्ष्मण धामी, सचिव – राजेन्द्र सिंह बोहरा , सह सचिव – कम्मान सिंह ठगुन्ना, कोषाध्यक्ष – वीर सिंह ठगुन्ना लगायत ७ सदस्यीय पधाधिकारी टिम रहने गरी ४५ सदस्यीय गाउँकमिटी निर्वाचित भएको निवर्तमान गाउँकमिटी सचिव राजेन्द्र बोहरा ले जानकारी दिएका छन्।
दोस्रो गाउँ सम्मेलन पालिका कमिटी अध्यक्ष धनिराम ठगुन्नाको अध्यक्षतामा, जिल्ला इन्चार्ज केन्द्रीय कमिटी सदस्य लक्ष्मण दत्त जोशी को प्रमुख आतिथ्यता, वैकल्पिक केन्द्रीय सदस्य मानबहादुर धामी को विशिष्ट आतिथ्यता, जिल्ला संयोजक पदम राज पन्तको आतिथ्यता एवम् ६ वटै वडाका नेता कार्यकर्ताहरुको उपस्थितिमा सम्पन्न भएको सचिव बोहरा ले बताए।
नेकपा (माओवादी केन्द्र)ले जिल्ला व्यापी पालिका सम्मेलनहरु गरिरहेको छ। मंसिर २२ गते मार्मा गाउँपालिकामा, २३ गते अपि हिमाल ,मंसिर २४ गते नौगाडमा सम्पन्न भएको छ भने २५ गते शैल्यसिखर,२६ गते लेकम, २७ गते मालिकार्जुन, २८ गते महाकाली, २९ गते दुहुँ र ३० गते व्याँस गाउँपालिका मा सम्मेलन हुने जानकारी छ।











