१० मंसिर २०८१, दार्चुला।
लेकम गाउँपालिका -१ सर्मोली वित्थड बस्ने हाल अमेरिकाको भर्जिनियाबाट साउँद दम्पती (गजेन्द्र साउँद र मन्जु साउँद)ले गाउँको विद्यालयमा पढ्ने विद्यार्थीहरुलाई ट्रयाक सुट सहयोग गरेका छन्।
छोरा सविन साउदको पहिलो जन्मोत्सवको अवसरमा श्री केदारनाथ आधारभुत विधालय लेकम ०१ सर्मोली बित्थडमा कार्यरत सम्पुर्ण शिक्षक,शिक्षिका र अध्ययनरत सम्पुर्ण विधार्थीहरुलाइ ट्रयाकसुट वितरण गरिएको उक्त विद्यालयमा कार्यरत एक शिक्षकले जानकारी दिएका छन्।
साउँद दम्पती अमेरिकामा रहेकोले आमा धाना , बुबा केशव र दाइ करन साउद मार्फत ट्रयाकसुटहरु वितरण गरेको जानकारी छ भने आफु जन्मेको हुर्केको समाज र आफुले अक्षरारम्भ गरेको विद्यालय भएकोले उन्नति प्रगतिको कामना गर्दै ट्रयाकसुट वितरण गरेको उक्त दम्पतीले बताएको छ।






