Comments Add Comment

दार्चुलामा श्रमजीवी पत्रकारप्रति बेवास्ता गरिएको भन्दै ‘प्रेस सेन्टर नेपाल’को प्रशासनलाई ज्ञापनपत्र



दार्चुलामा श्रमजीवी पत्रकारप्रति बेवास्ता गरिएको भन्दै ‘प्रेस सेन्टर नेपाल’को प्रशासनलाई ज्ञापनपत्र

दार्चुला, वैशाख २८ – शारदा पन्त।
स्वतन्त्र पत्रकारिता र श्रमजीवी पत्रकारहरूको हक अधिकारको संरक्षणको माग गर्दै प्रेस सेन्टर नेपाल, दार्चुला ले जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र दिएको छ।

श्रमजीवी पत्रकारहरूलाई उपेक्षा गर्दै सूचना तथा कार्यक्रमहरूको प्रकाशनमा जिल्ला बाहिरका सञ्चारमाध्यमलाई प्राथमिकता दिइएको, पत्रकार सम्मेलन नगरी सरकारी गतिविधिबारे जानकारी नगरिएको, र प्रेस स्वतन्त्रताको मर्मविपरीत कार्य भएको भन्दै संगठनले चिन्ता व्यक्त गरेको छ।

ज्ञापनपत्रमा उल्लेख भएअनुसार, “दार्चुला संवेदनशील त्रिदेशीय सिमाना भएको जिल्ला हो, यहाँका घटनाक्रमहरूबारे जनतालाई सूचित गर्न मिडिया अपरिहार्य भए पनि स्थानीय श्रमजीवी पत्रकारलाई वेवास्ता गरिनु गम्भीर विषय हो।”

संगठनले प्रशासनलाई पाँच बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको हो, जसमा श्रमजीवी पत्रकारलाई सम्मानसाथ सहभागी गराउने, सूचना समयमै उपलब्ध गराउने, स्थानीय मिडियालाई प्राथमिकता दिने र पत्रकारहरूको हक अधिकार सुनिश्चित गर्न माग गरिएको छ।

साथै, काठमाडौंमा सम्पन्न प्रेस सेन्टर नेपालको पाँचौं राष्ट्रिय महाधिवेशनबाट पारित घोषणापत्र समेत ज्ञापनपत्रसँगै संलग्न गरिएको छ।

ज्ञापनपत्र बुझाउँदै प्रेस सेन्टर नेपाल, दार्चुला का अध्यक्ष हरिप्रसाद जोशी ले भने, “प्रेस स्वतन्त्रता, सूचनाको पहुँच र श्रमजीवी पत्रकारहरूको सम्मानलाई व्यवहारमा उतार्न हामी निरन्तर खबरदारी गरिरहनेछौं।”


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment