Comments Add Comment

अपि हिमालमा माओवादीको बैठक, कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न

अपि हिमालमा माओवादीको बैठक, कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न

११ कार्तिक, दार्चुला।
जिल्लाको अपिहिमाल गाउँपालिका को खण्डेश्वरी स्थित पार्टी कार्यलयमा माओवादी केन्द्र को कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ।

जिल्ला व्यापी रुपमा व्यस्त रहेको नेकपा (माओवादी केन्द्र) दार्चुला ले आज अपि हिमाल गाउँकमिटीको आयोजनामा दशैं , तिहार , छठपर्व एवम् नेपाल संवतको अवसरमा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरेको जनाएको छ।

जिल्लाको ८ वटा सदरमुकाम का केन्द्रहरुमा सडक सन्जाल पुगेपनि अपिहिमालको सदरमुकाम मा मोटरबाटो नपुगेको बारेमा नेता कार्यकर्ताहरुले प्रश्न उठाएका थिए पालिका प्रमुख हाम्रै , प्रदेश सासंद हाम्रै यहाँको सडक निर्माणका लागि किन मौन छौं भनी प्रश्न उठेको थियो।

सडक सन्जाल आफ्नै कार्यकालमा पुर्याउने हिसाबले काम भइरहेको योजना अघि बढिरहेको प्रदेश सांसद एवम् पूर्व मन्त्री मानबहादुर धामी ले प्रष्ट पारेका थिए।

कार्यक्रम गाउँपालिका कमिटी अध्यक्ष कलक बोहराको अध्यक्षतामा , नेकपा (माओवादी केन्द्र) का केन्द्रीय कमिटी सदस्य लक्ष्मण दत्त जोशी को प्रमुख आतिथ्यता, केन्द्रीय कमिटी सदस्य ललित सिंह ठगुन्ना को विशिष्ट आतिथ्यता, जिल्ला संयोजक पदम राज पन्त, प्रदेश कमिटी सदस्य भगतसिंह ठेकरे बोहरा, वाईसिएल नेपाल सुदूरपश्चिम प्रदेश संयोजक नरबहादुर विष्ट को आतिथ्यतामा सन्चालन भएको थियो । भनी जिल्ला संयोजक पदम राज पन्त ले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment