अपिहिमालमा अध्यक्ष अन्डर-१९ क्रिकेट प्रतियोगिता समुद्घाटन
०७ कार्तिक, दार्चुला।
अपिहिमाल गाउँपालिकाको आयोजनामा गाउँपालिका स्तरीय अध्यक्ष प्रिमियर Under -19 क्रिकेट प्रतियोगिता २०८१ को आज मिति २०८१ कार्तिक ०७ गते सम्तैलीचाैड खेलमैदान अपिहिमाल -४ खात्तीमा एक भव्य समारोहका बिच उद्घघाटन भएको छ ।
अपिहिमाल गाउँपालिका सामाजिक विकास समिति संयोजक गगन सिंह कार्की को अध्यक्षता , गाउँपालिका उपाध्यक्ष देवकी देवी बोहरा को प्रमुख आतिथ्यका साथै प्रमुख प्रशासकीय अधिकृत ईन्द्र बहादुर रावलको विशिष्ट आतिथ्यका साथै गाउँपालिका प्रवक्ता रबिन्द्र सिंह बोहरा , वडा नं.२ का वडा अध्यक्ष राम सिंह धामी , वडा नं .५ का अध्यक्ष राजेन्द्र सिंह धामी ,विभिन्न विद्यालयका प्र.अ . लगायतको आतिथ्यता रहेको थियोे ।
शिक्षा अधिकृत विरेन्द्र सिंह साउदले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन शिक्षा शाखामा कार्यरत प्राविधिक सहायक मदन राज जोशीले गर्नुभएको थियो । गाउँपालिका भित्रका ७ वटा टिमको सहभागीता रहेको कार्यक्रममा बिजेता रु ३०,१९९ नगद ट्रफि तथा मेडल त्यसैगरी उपविजेता रु.२०,१९९ नगद ,ट्रफि तथा मेडल सहित पुरुकारको व्यवस्था गरिएको छ । कार्यक्रम २०८१/०७ /०७ देखि २०८१/०७/१० सम्म संचालन हुनेछ।






