Comments Add Comment

नेपाल राष्ट्रिय कर्मचारी संगठन दार्चुलाको विस्तारित बैठक सम्पन्न

नेपाल राष्ट्रिय कर्मचारी संगठन दार्चुलाको विस्तारित बैठक सम्पन्न

१९ माघ २०८१, दार्चुला।
जिल्लाको सदरमुकाम खलंगामा नेपाल राष्ट्रिय कर्मचारी संगठन को जिल्ला समितिको विस्तारित बैठक सम्पन्न भएको छ।

संगठनका जिल्ला अध्यक्ष जनक बोहराको अध्यक्षता, नेकपा माओवादी केन्द्र दार्चुलाका संयोजक पदम राज पन्त प्रेम को प्रमुख आतिथ्यता, पार्टी सचिव विनोद कुवंर को विशिष्ट आतिथ्यता, राकसका केन्द्रीय सचिवालय सदस्य एवम् जिल्ला इन्चार्ज रमेश सिंह ओखेडा को आतिथ्यता तथा जिल्ला स्थित विभिन्न पालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो।

बैठकले नौ वटै स्थानीय तहमा कमिटी गठन एवम् पुनर्गठन गर्ने, सदस्यता वितरण एवम् नविकरण गर्ने, चैतभित्र पालिका अधिवेशन गर्ने, मासिक बैठक बस्ने लगायत बिभिन्न निर्णय गरेको संगठनका सचिव दिनेश सिंह धामी ले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment