Comments Add Comment

निर्माण व्यवसायीले दिए शैल्यसिखर नगरपालिकालाई ज्ञापनपत्र , कारण यस्तो!

निर्माण व्यवसायीले दिए शैल्यसिखर नगरपालिकालाई ज्ञापन , कारण यस्तो!

८ पुस २०८१ , दार्चुला।
जिल्लाको शैल्यसिखर नगरपालिका लाई निर्माण व्यवसायी संघ दार्चुलाका प्रतिनिधिहरुले ज्ञापनपत्र बुझाएका छन्।

नगरपालिकाका स्थित व्यवसायीहरु राजेन्द्र विष्ट, जनार्दन विष्ट, गंगादत्त जोशी, अशोक साउद, गोपाल ओझा लगायत १४ जना निर्माण व्यवसायीहरुले ज्ञापन पत्र बुझाएका छन्।

आव २०८१/८२ मा कार्यान्वयन हुने २५ लाख बढी बजेटका योजनाहरुको टेन्डर आह्वान गर्न व्यवसायीहरुले माग गरेको  ज्ञापन पत्रमा उल्लेख छ भने यदि व्यवसायीहरुको वेवास्ता गरेमा आवश्यक कदम चाल्ने चेतावनी समेत दिएको छ। ज्ञापनपत्र मा शैल्यसिखर नगरपालिका को कार्यपालिका, जिल्ला प्रशासन कार्यालय दार्चुला, कोष तथा लेखा नियन्त्रण कार्यालय दार्चुला, अख्तियार दुरुपयोग अनुसंधान कार्यालय कन्चनपुर, राष्ट्रिय सतर्कता केन्द्र सिंहदरबार काठमाडौ लाई बोधार्थ पठाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment