Comments Add Comment

दार्चुला ठण्याभिर दुर्घटना अपडेट : घाइते रेशम बुढामगरको हेलिकप्टरबाट उद्धार

दार्चुला ठण्याभिर दुर्घटना अपडेट : घाइते रेशम बुढामगरको हेलिकप्टरबाट उद्धार


११ माघ २०८१, दार्चुला।
सदरमुकाम जोड्ने महाकाली नगरपालिका -५ स्थित ठण्याभिर नेर भएको दुर्घटनामा परी घाइते भएका स्काइभेटर चालक वर्ष २६ का रेशम बुढामगर को जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि नेपाली सेनाको NA061 नम्बरको हेलिकप्टरबाट हवाई उद्धार गरी धनगढी रेफर गरिएको छ।


दुर्घटना बिहान ५ बजेतिर ठण्याभिरमा सडक विस्तार गरिरहेको बेला माथिबाट सुख्खा पहिरो गई भएको थियो। यतिबेला स्काभेटर महाकाली नदी किनारमा आधा पुरिएको अवस्थामा छ।

घटना हुने बितिक्कै जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपी प्रकाश दाहाल टिम सहित उद्दार कार्यमा खटिएका थिए। प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी, महाकाली नगरपालिका उपप्रमुख दुर्गा विष्ट, शसस्त्र का एसपी हर्कराज पन्त लगायतको टोलि घट्ना स्थलमै पुगेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment