Comments Add Comment

व्यासमा 4G सेवा सुरु, सुन्सेरा जोडियो नेटवर्कसंग


व्यासमा 4G सेवा सुरु, सुन्सेरा जोडियो नेटवर्कसंग

दार्चुला, असार ३ – लामो समयदेखि सञ्चार सेवाबाट बञ्चित ब्यास गाउँपालिका अन्तर्गत सुन्सेरा क्षेत्रका बासिन्दाका लागि सुखद खबर आएको छ । ब्यास गाउँपालिका कार्यालयको पहलमा नेपाल टेलिकमले 1800 MHz Band सहितको नयाँ 4G मोबाइल टावर सञ्चालनमा ल्याएको छ ।

गाउँपालिकाका अध्यक्ष मंगल सिँह धामीका अनुसार लामो समयदेखि स्थानीयस्तरमा भइरहेको निरन्तर प्रयास र पहलपछि यो टावर निर्माण सम्भव भएको हो । टावर स्थापनाका लागि नेपाली सेना तथा नेपाल टेलिकमका प्राविधिक टोलीको विशेष सहयोग रहेको थियो । टेलिकमका प्रमुख के.बी. गुरुङको नेतृत्वमा सम्पन्न भएको यस कार्यका लागि अध्यक्ष धामीले सबैप्रति आभार प्रकट गरेका छन् ।

“सञ्चार सुविधा सबैको आधारभूत अधिकार हो । अब ब्यासका दुर्गम बस्तीहरू पनि डिजिटल संसारसँग जोडिएका छन्,” अध्यक्ष धामीले भने । साथै टावरका सामग्री बोक्न स्थानीय कर्मचारी तथा श्रमिकले गरेको श्रमदानप्रति समेत उनले धन्यवाद व्यक्त गरेका छन् ।

सञ्चार पहुँचको अभावमा स्थानीयहरू सूचनाबाट टाढा थिए । अहिले टावर सञ्चालनमा आएपछि ब्यास गाउँपालिकाको सुन्सेरा क्षेत्र लगायत आसपासका बस्तीहरूमा पहिलोपटक गुणस्तरीय मोबाइल सेवा पुगेको हो ।

अबको केही समयभित्रै ब्रह्मलेकमा अवस्थित रिपिटर टावरमा पनि विद्युतिकरण गरिने जानकारी अध्यक्ष धामीले दिएका छन् ।

विद्युतिकरणपछि ब्यास क्षेत्रको सम्पूर्ण सञ्चार सेवा झन प्रभावकारी बनाउने योजना गाउँपालिकाको छ भनि पालिका उपाध्यक्ष विनोद कुवँर ले जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment