सशस्त्र प्रहरी बल नेपालको २४ औं स्थापना दिवस समारोह सम्पन्न, डिएसपी पाल पुरस्कृत
९ माघ २०८१,दार्चुला।
दार्चुलामा सशस्त्र प्रहरी बल नेपालले आफ्नो २४ औँ सशस्त्र प्रहरी दिवस भव्यताका साथ मनाएको छ।
बुधबार, जिल्लाको सदरमुकाम खलंगा स्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाले २४ औँ सशस्त्र प्रहरी दिवस मनाएको हो ।
जिल्ला सुरक्षा समितिका संयोजक एव प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीको प्रमुख आथित्यतामा सशस्त्र प्रहरी बल नेपालले आफ्नो २४ औँ सशस्त्र प्रहरी दिवस मनाएको छ भने दिवसको अवसरमा रक्तदान, धार्मिक स्थलहरुको सरसफाई,आन्तरिक रुपमा विभिन्न खेलकुद ,सिमावासीको निःशुल्क स्वास्थ्य परीक्षण, १५ दिने कपाल काट्ने तालिम, लागु औषध सम्बन्धी जनचेतना मुलक सडक नाटक र प्रतिक्षालय निर्माण लगायतका कार्यक्रम गरेको जनाएको छ।
यस्तै कार्यक्रममा समाजसेवी तथा बुद्धिजिवीहरु लाई कदर-पत्र सहित सम्मान गरिएको छ।
उत्कृष्ट काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई सम्मान गरिएको छ । कार्यक्रममा स्थापना दिवसको अवसर पारेर ४४ नम्बर गणभित्र आन्तरीक रुपमा आयोजना गरिएका विभिन्न खेलकुद प्रतियोगितामा बिजयी टिम तथा खेलाडी जवानहरुलाई प्रमाणपत्र र पुरस्कार प्रदान गरिएको हो ।
कार्यक्रममा नेपाली सेना गुरु गोरख गुल्मका गुल्मपति, जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी, अनुन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत, विभिन्न वडाका अध्यक्ष जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू, अमर सशस्त्र प्रहरीका अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरू, भद्रभलाद्मी तथा बुद्दिजिविहरूको उपस्थितिमा सशस्त्र प्रहरीले आफ्नो २४ औँ सशस्त्र प्रहरी दिवस मनाएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका एसपी हर्कराज पन्तले जानकारी दिनुभयो।
जिल्लास्थित अन्य गुल्म र विओपीहरुमा समेत विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाइएको छ। दार्चुलामा सशस्त्र प्रहरीको गण र व्यासक्षेत्रमा गुल्मको संरचना स्थापनासंगै दुम्लिङ, दत्तु, जोलजिवी र लालीमा विओपीहरु स्थापना गरिएका छन । अहिले जिल्ला सदरमुकाममा सशस्त्र प्रहरीको कमाण्ड एसपी हर्कराज पन्तले गरिरहेका छन् भने डिएसपी र इन्सपेक्टर गरी डेढ दर्जन अधिकृतस्तरका सुरक्षाकर्मी दार्चुलामा क्रियासिल छन् ।
यस्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर गण ४४ गण हेडक्वाटर दार्चुलाका सशस्त्र प्रहरी नायब उपरीक्षक डिएसपी बिरेन्द्र बहादुर पाल सम्मानित भएका छन। सशस्त्र प्रहरी बलको २४औं स्थापना दिवसको अवसरमा डिएसपी पाल “डिआइजी एपी कमिन्डेशन” पुरस्कारबाट पुरस्कृत हुनु भएको हो। दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ४ टकना घर भएका पाल हाल सशस्त्र प्रहरी बल ४४ नम्बर गण दार्चुलामा कार्यरत रहेका छन। उनलाई प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले सम्मान सहित पुरस्कृत गरेका हुन्।















