(नेविसंघ र क्रान्तिकारी) का साझा उम्मेदवार रावलले कसरी जिते त स्ववियु सभापति ?
२६६ विद्यार्थी मतदातामध्ये सामानुपातिक तर्फ २६ भोट मात्रै भएका नेविसंघ नेता कृष्ण रावलले कसरी जिते स्ववियु सभापति ?
६ चैत्र २०८१, दार्चुला।
चैत्र ५ गते देशैभरी भएको स्वतन्त्र विद्यार्थी युनियनको नतिजा आउनेक्रम जारी छ भने केहि क्याम्पसहरुमा हिजो नै नतिजा सार्वजनिक भएको थियो।
यस्तै बैतडीको डिलासैनी गाउँपालिका -६ स्थित सेटिगाउँ बहुमुखी क्याम्पस गोकुलेश्वरमा नेविसंघ का विद्यार्थी नेता कृष्ण रावलले जम्मा विद्यार्थी मतदाता संख्या २६६ खसेको मत १९५ जनामध्ये १०३ मत प्राप्त गरी जितेका छन् भने उनका प्रतिस्पर्धी अनेरास्ववियुका विद्यार्थी नेता रमेश मालले ८९ मत मात्रै प्राप्त गरे।
महत्वपुर्ण कुरो त के छ भने नेविसंघले सामानुपातिक भोट २६ मात्रै पाएको छ, क्रान्तिकारीले ८२ र अनेरास्ववियुले ८२ भोट पाउँदा ५ भोट बदर भएको छ।
अनि नेविसंघ ले कसरी जित्यो त स्ववियु सभापति ?
सेटिगाउँमा अखिल (क्रान्तिकारी) र नेविसंघ बीच गठबन्धन भएको थियो। कृष्ण रावल क्रान्तिकारी र नेविसंघको सयुंक्त उम्मेदवार थिए। यो संगै सचिवमा अखिल क्रान्तिकारीका कुमार लावड १ सय ८ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी अनेरास्ववियुकी पूजा खत्रीले ८० मत ल्याइन् । यस्तै कोषाध्यक्षमा क्रान्तिकारीकै भुवन भण्डारी १ सय १ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी अनेरास्ववियुकी भावना जोशीले ८८ मत ल्याइन् ।
सदस्यहरुमा नेविसंघ र अखिल क्रान्तिकारीका साझा उम्मेदवार आरती बिष्ट ९८, उषा साउद १ सय, सन्तोषी खडायत १ सय ८ र हिरा गोयला १ सय ३ मत ल्याएर विजयी भएका छन् ।
सदस्यमा अनेरास्ववियुकी सन्तोषी बिष्ट ९१ मत ल्याएर विजयी भएकी छन् । सेटीगाउँ बहुमुखी क्याम्पसमा २ सय ६६ जना विद्यार्थी मतदाता रहेकोमा १ सय ९५ मत मात्रै खसेको र एक मत बदर भएको निर्वाचन अधिकृत राजेन्द्र प्रसाद जोशीले बताए ।






