प्रेस सेन्टर नेपाल बझाङको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा सिंह निर्वाचित
२१ पुस २०८१, दार्चुला।
प्रेस सेन्टर नेपाल जिल्ला कार्यसमिति बझाङको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
सदरमुकाम चैनपुरमा आज संसारका श्रमजीवी पत्रकार एक हौँ” भन्ने नाराका साथ चौथो जिल्ला अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशनबाट नयाँ कार्यसमितिगठन गरिएको छ । सेन्टरका पुर्व जिल्ला अध्यक्षसमेत रहेका राजेन्द्र सिंहको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हो।
कार्यसमिति उपाध्यक्षमा युवा निडर पत्रकार उत्तमकुमार थापा, महिला उपाध्यक्षमा अल्पना सिंह, कोषाध्यक्षमा शिवजी मण्डेल, सचिवमा अञ्जु खड्का, सह- सचिवमा शेरबहादुर ओली, समावेशी सहसचिवमा अनुजा परियार रहनु भएको छ । त्यसैगरी अन्य कार्यसमिति सदस्यमा अमिर खड्का,कविन्द्र बुढा, अस्मिता परियार, स्मृति बाेहरा, प्रमिला शाही रहनुभएको छ।






