भ्रष्टाचारविरुद्ध बालेनको कडा टिप्पणी: ‘Sorry KP Oli, I don’t support your corrupt system’
दार्चुला, जेठ ५ —शारदा पन्त ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै सामाजिक सञ्जालमा कडा टिप्पणी गरेका छन्। उनले देशको राजनीतिक व्यवस्थामा व्यापक रूपमा व्याप्त भ्रष्टाचारप्रति आक्रोश पोख्दै आफू त्यस्तो “भ्रष्ट प्रणाली” को समर्थनमा नजाने स्पष्ट पारेका छन्।
बालेनले लेखेका छन् —
“जुन देशमा राजधानीको मेयरले भ्रष्टाचार रोक्छु भन्दा, देशको सबै पार्टीको सबै लागेर भ्रष्टचारी जोगाउँछु भन्छ? त्यसको नाइकेको कार्यक्रममा म जानु पर्ने?”
अन्त्यमा उनले लेखेका छन् —
“Sorry KP Oli, I don’t support your corrupt system :)”
यो स्टाटस सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल हुँदै गएको छ, जसमा हजारौं प्रतिक्रिया र सेयरहरू देखिएको छ। बालेनको यो भनाइलाई नेकपा एमालेप्रति गरिएको प्रत्यक्ष आलोचना र उनीहरूद्वारा आयोजना गरिएको कार्यक्रममा आफूले असहभागिता जनाएको कारणको रुपमा हेरिएको छ।
बालेन शाहको यो अभिव्यक्तिले देशको राजनीतिक वृत्तमा पुनः तरंग ल्याएको छ। केहीले उनलाई ‘साहसी’ भन्दै समर्थन जनाएका छन् भने केहीले यस्ता टिप्पणीले गरिमामय राजनीतिक संवादमा असर पार्ने बताएका छन्।
राजधानीको नेतृत्व सम्हालिरहेका मेयर शाहले यसअघि पनि राजनीतिक दलहरूको कार्यशैली र बेथिति विरुद्ध outspoken अभिव्यक्ति दिँदै आएका छन्। पछिल्लो स्टाटसले उनी र केपी ओली नेतृत्वबीचको राजनीतिक सम्बन्ध थप चिसिएको अनुमान गरिएको छ।







