दार्चुलाको दुहुँ -५ मा (माओवादी केन्द्र)बाट वीर सिंह कार्की सर्वसम्मत उम्मेदवार
२९ कार्तिक २०८१, दार्चुला।
अगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा (माओवादी केन्द्र) बाट जिल्ला समन्वय समितिका पूर्व सदस्य वीर सिंह कार्की सर्वसम्मत उम्मेदवार चयन भएका छन्।
हिजो (कार्तिक २८ गते) मात्रै माओवादी केन्द्रले आफ्नो उम्मेदवार चयन गरी सार्वजनिक गरेको जिल्ला समन्वय समिति संयोजक पदम राज पन्त ले जानकारी दिएका छन्।
दुहुँ गाउँपालिका वडा नं ५ का अध्यक्ष मनोरथ भट्ट को निधन पश्चात् उक्त वडामा उपनिर्वाचन हुने भएको हो। भट्ट (माओवादी केन्द्र) बाटै निर्वाचित वडा अध्यक्ष थिए। स्थानीय तहको निर्वाचन २०७९ मा जिल्ला भरी नेपाली कांग्रेस र माओवादी केन्द्र बीच गठबन्धन थियो भने उपनिर्वाचन मा तीन वटै पार्टी एमाले, कांग्रेस र माओवादी केन्द्र ले आ-आफ्ना उम्मेदवारहरु चयन गरी प्रचार प्रसार मा लागिरहेका छन्।






