Comments Add Comment

लेकम पुगेका पूर्वमन्त्री ठगुन्नाले ५ मिनेटमा के-के बोले ?

लेकम पुगेका पूर्वमन्त्री ठगुन्नाले ५ मिनेटमा के-के बोले ?

२८ माघ २०८१, दार्चुला।
जिल्लाको लेकम गाउँपालिका वडा नं ३ मा ५ औं स्थानीय स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता – २०८१ चलिरहेको छ।

२६ गते उद्घाटन भएको उक्त कार्यक्रममा पूर्वमन्त्री एवम् एमाले पोलिटब्यूरो सदस्य गणेश सिंह ठगुन्नाले आफू निर्वाचित भएको बेला धन्थला र सेरामा मोटरेवल पुलको लागि एवम् फास्टट्रयाक सडकहरुको लागि सोचेजति गर्न नसकेकोमा आत्मआलोचित छु भनेका थिए। र लेकमवासीको माग सम्बोधन लागि सक्दो प्रयास गरिरहने प्रतिबद्धता समेत व्यक्त गरेका थिए।

अहिलेको जनताले भाषण मात्रै नपत्याउने भइसके, कामलाई सबैले प्रखिबसेका हुन्छन् र विकास निर्माणका लागि सम्पूर्ण दलहरु एक हुनुपर्ने जोड दिएका थिए। ठगुन्नाले छोटोमा आफ्नो मनतव्य सक्काउँदै खेल मेलको कारक भएको समेत बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment