Comments Add Comment

पूर्वमन्त्री एवम् प्रदेश सांसद धामीको आतिथ्यतामा नौगाडमा शाखा प्रमुखहरुको बैठक सम्पन्न

पूर्वमन्त्री एवम् प्रदेश सांसद धामीको आतिथ्यतामा नौगाडमा शाखा प्रमुखहरुको बैठक सम्पन्न

१३ कार्तिक २०८१, दार्चुला।
जिल्लाको नौगाड गाउँपालिका गाउँकार्यपालिका को कार्यालय होपरिगाडमा प्रमुख प्रशासकीय अधिकृत पुष्कर सिंह धामीको अध्यक्षता एवम् सुदूरपश्चिम प्रदेश सरकारका पूर्वमन्त्री प्रदेश सांसद मानबहादुर धामी को प्रमुख आतिथ्यतामा शाखा प्रमुखहरुको बैठक सम्पन्न भएको छ।

मुख्यतः गाउँपालिकाको कामकारबाही लगायत विकास निर्माणका विषयमा छलफल भएको छ। प्रदेश सांसद धामीले नौगाडको समृद्धिका लागि यहाँका कर्मचारीहरुको कार्यको प्रशंसा गर्नुभएको छ भने व्यवहारिक एवम् आधुनिक तवरले नागरिक लाई सेवा प्रवाह गर्न हुन निर्देशन दिनुभएको छ भनी सूचना अधिकारी राजिव अवस्थी ले जानकारी दिएका छन्।

बैठकमा संविधान सभा सदस्य लक्ष्मण दत्त जोशी को विशिष्ट आतिथ्यता, मार्मा गाउँपालिका अध्यक्ष, नौगाड गाउँपालिका अध्यक्ष लगायत माओवादी केन्द्र का केन्द्रीय सदस्य ललित सिंह ठगुन्ना, दार्चुला जिल्ला संयोजक पदम राज पन्त लगायत नेता जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमको सन्चालन योजना शाखा प्रमुख लोकेश सिंह ठगुन्नाले गरेका थिए भने, नौगाड गाउँपालिकाका सबै वडाहरुको विकास निर्माण एवम् सेवा प्रवाह को बारेमा जानकारी गराउँदै बैठकका अध्यक्ष एवम् प्रमुख प्रशासकीय अधिकृत पुष्कर सिंह धामीले समापन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment