Comments Add Comment

नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम र चिनियाँ कम्युनिष्ट पार्टीबीच ऐतिहासिक सहमति

नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम र चिनियाँ कम्युनिष्ट पार्टीबीच ऐतिहासिक सहमति

दार्चुला , २ चैत २०८१ —शारदा पन्त।
नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश पार्टी स्कुल विभाग र चिनियाँ कम्युनिष्ट पार्टीको छाेङछिङ पार्टी स्कुलबीच दुई पक्षीय सहकार्य आदानप्रदान सम्बन्धी समझदारी (MOU) भएको छ।

सम्झौतामा नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम पार्टी स्कुल विभागका प्रमुख ओम प्रकाश पुन र चिनियाँ पार्टी स्कुल विभागका उपप्रमुख वाङ ताङ लिङले हस्ताक्षर गरेका हुन्। पाँच वर्षका लागि गरिएकाे यो सम्झौता भविष्यमा थप विस्तार गर्दै लैजाने सहमति समेत भएको छ।

यो समझदारी नेकपा (माओवादी केन्द्र) पार्टीको इतिहासमै पहिलो पटक चिनियाँ कम्युनिष्ट पार्टीसँग भएको औपचारिक सहकार्यको संझौता हो, जसलाई ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ।

यसै सन्दर्भमा चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा नेकपा (माओवादी केन्द्र) का नेता क. दिनानाथ शर्मा नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल हाल चिनका विभिन्न स्थानहरूको भ्रमणमा रहेको छ।

यस सम्झौताबाट दुई देशबीचको पार्टीस्तरीय सम्बन्ध थप सुदृढ हुने र नीति निर्माण, तालिम आदानप्रदान तथा सांगठनिक विकासमा योगदान पुग्ने विश्वास लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment