Comments Add Comment

पुरुष राष्ट्रिय ह्याण्डबल प्रतियोगिता का लागि सुपबाट दार्चुलाका ‘अमित र भुपेन्द्र’ सिफारिस

पुरुष राष्ट्रिय ह्याण्डबल प्रतियोगिता का लागि सुपबाट दार्चुलाका ‘एमित र भुपेन्द्र’ सिफारिस


१ चैत्र २०८१, दार्चुला।
प्रथम पोखरा कप “पुरूष राष्ट्रिय ह्याण्डबल” प्रतियोगितामा सुदूरपश्चिम प्रदेशबाट सहभागिताका लागि दार्चुलाका अमित ऐरी र भुपेन्द्र बिष्ट सिफारिस भएका छन्।


यहि चैत्र ३ गते देखि ५ गते सम्म पोखरामा हुने उक्त प्रतियोगिताका लागि ऐेरी र विष्ट लगायत ११ जना सिफारिस भएको सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्यसचिव दिपक बहादुर सिंह ले जनाएका छन्।

गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजनामा तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा उक्त प्रतियोगिता हुन लागेको हो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएको साढे २ वर्ष पछि उक्त प्रतियोगिता हुन लागेको हो ।

गण्डकी प्रदेश ह्याण्डबल संघ स्थापनाको एक वर्ष भित्रै उक्त प्रतियोगिता हुने भएको जनाउँदै संघका अध्यक्ष केशव पाठकले सहभागिताका लागि सात प्रदेश र विभागिय टोलीलाई पत्रचार गरिएको जानकारी दिएका छन् । “लामो समय पछि हामीले यो प्रतियोगिताको तयारी थालेका हौं । यो प्रतियोगिताले प्रदेश र विभागका खेलाडीहरुलाई समेत उत्साहित बनाउने विश्वास लिएका छौं,” उनले भने ।

पोखरा रंगशालास्थित बहुउद्धेश्यिय कभर्डहल र पोखरा ह्याण्डबल एकेडेमीमा लिगकम नक आउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा पोखरा ह्याण्डबल कप उपाधि बिजेता टिमले नगद रु १ लाख, उपविजेताले नगद ५० हजार र तेस्रो हुने टिमले नगद रु ३० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई नगद ५–५ हजारका साथमा ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतियोगिता सम्पन्न गर्न करिव १४ लाख खर्च हुने गण्डकी प्रदेश ह्याण्डबल संघले जनाएको छ । प्रतियोगितालाई कास्की जिल्ला ह्याण्डबल संघले प्राविधिक सहयोग गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment