Comments Add Comment

शंकरपुर माविको ७३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस’को उद्घाटन सत्र सम्पन्न



मालिकार्जुन (दार्चुला), मंसिर २०, २०८२।
श्री शंकरपुर माध्यमिक विद्यालयले आज आफ्नो ७३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विभिन्न सांस्कृतिक कार्यक्रम, प्रदर्शनी र सम्मानसहित भव्य रूपमा उद्घाटन सत्र सम्पन्न गरेको छ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री पदम राज पन्तको अध्यक्षता र मालिकार्जुन गाउँपालिका अध्यक्ष श्री हिरा सिंह धामीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। त्यसैगरी गाउँपालिका उपाध्यक्ष श्री कल्याण सिंह धामी, वडा नं. ८ का वडा अध्यक्ष श्री केशव सिंह धामी तथा प्रमुख प्रशासकीय अधिकृत श्री सुरज प्रसाद जोशीको विशिष्ट अतिथिका रूपमा उपस्थिति थियो।

कार्यक्रमको सञ्चालन श्री दुर्गा दत्त जोशीले गर्नुभएको थियो भने बार्षिक प्रतिवेदन तथा मुखपत्र ‘ज्योति’ विमोचन कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्री भुवनेश्वरी अवस्थीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

उहाँकै नेतृत्वमा मा विद्यालयको पहिलो वार्षिक मुखपत्र ‘ज्योति’ पनि विमोचन गरिएको थियो।कृषि-विज्ञान सम्बन्धी शिविर तथा प्रदर्शनी वार्षिकोत्सवकै अवसरमा विद्यालयले माटो परीक्षण तथा बाली उपचार शिविर, शैक्षिक सामग्री प्रदर्शनी र विविध सांस्कृतिक प्रस्तुति
सञ्चालन गरेको थियो, जसले अभिभावक तथा स्थानीयको उच्च सहभागिता आकर्षित देखिन्थ्यो।


विद्यालयका प्रधानाध्यापक भुवनेश्वरी अवस्थीले आफ्ना दिवंगत ससुरा स्व. वंशीधर जोशी र श्रीमती धना देवी जोशीको स्मृतिमा रु १ लाखको ‘वंशीधर जोशी तथा धना देवी जोशी अक्षयकोष’ स्थापना गर्ने घोषणा गर्नुभएको छ।

त्यसैगरी पूर्व शिक्षक स्व. बजीर सिंह धामीको स्मृतिमा उहाँका छोरा तथा वडा नं. ८ का वडा अध्यक्ष श्री केशव सिंह धामीले रु २ लाख ९१ हजारको अक्षयकोष स्थापना गर्ने प्रतिबद्धता जनाउनुभएको छ।

कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, स्थानीय प्रतिनिधि, संघ–संस्थाका पदाधिकारी, प्रहरी, अभिभावक तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको विद्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment