दार्चुला, असार १२ — उपेन्द्र ठगुन्ना।
नौगाड गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा मिति २०८२ असार १२ गते एक विशेष कार्यक्रमका बीच १५ सदस्यीय बाल संजाल गठन गरिएको छ।
कार्यक्रमको अध्यक्षता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्कर सिंह धामीले गर्नु भएको थियो भने प्रमुख अतिथिका रूपमा गाउँपालिका अध्यक्ष दलजित सिंह धामी र विशिष्ट अतिथिका रूपमा उपाध्यक्ष जगत सिंह ठगुन्ना रहनु भएको थियो। साथै वडा नं. ५ का अध्यक्षसहित अन्य अतिथिहरुको उपस्थिति रहेको थियो।
कार्यक्रमको स्वागत मन्तव्य महिला तथा बालबालिका शाखा प्रमुख कौसिला धामीले राख्नु भएको थियो।
गठित बाल संजालको अध्यक्षमा जनहित माध्यमिक विद्यालय, धुलिगडमा कक्षा १० मा अध्ययनरत छात्रा कमला धामी चयन भएकी छन्। उपाध्यक्षमा गणेश विनायक मा.वि. सिप्टिमा कक्षा १० मा अध्ययनरत छात्र रोहित धामी, कोषाध्यक्षमा समैजी मा.वि. सौकेबगडकी कक्षा ९ की छात्रा धनसरा टमटा र सचिवमा कृष्ण आधारभूत विद्यालय, चौरिगाउँमा कक्षा ८ मा अध्ययनरत छात्र जेनिस सितोली चयन भएका छन्। अन्य ४ वटा माध्यमिक र ७ वटा आधारभूत विद्यालयबाट एक/एक जना प्रतिनिधि सदस्य राखिएको उक्त संजालमा कुल १५ सदस्य रहने व्यवस्था गरिएको छ।
कार्यक्रममा पालिकाका विभिन्न शाखा प्रमुखहरू, माध्यमिक तथा आधारभूत विद्यालयका संरक्षण शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
यसै क्रममा कार्यक्रमको पूर्वसन्ध्यामा पालिका अध्यक्ष दलजित सिंह धामीले बालबालिका तथा संरक्षण शिक्षकहरूसँग विशेष भेटघाट गरी बाल अधिकार, संरक्षण र सहभागिताको विषयमा संवाद गर्नुभएको थियो।
नवगठित बाल संजाललाई स्थानीय तहमा बाल अधिकार, सहभागिता र सशक्तिकरणको सुदृढ माध्यमको रूपमा लिइएको छ।






