Comments Add Comment

अपिहिमाल गाउँपालिका : चैत ३ गतेदेखि २५ गतेसम्म एकीकृत घुम्ती शिविर सन्चालन हुने


अपिहिमाल गाउँपालिका : चैत ३ गतेदेखि २५ गतेसम्म एकीकृत घुम्ती शिविर सन्चालन हुने

१ चैत २०८१, दार्चुला।
जिल्लाको अपिहिमाल गाउँपालिकाले यही चैत्र ३ गतेबाट एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने भएको छ । चैत्र ३ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने शिविरमा गाउँपालिकाले अत्यावश्यक सेवाहरु प्रदान गरिने गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले बताएका छन्।

पालिकाका ६ ओटै वडामा सेवाहरु दिने उद्देश्यले शिविरको आयोजना गरेको अध्यक्ष बोहोराले बताए।

चैत्र ३ गतेदेखि चैत्र ६ गतेसम्म वडा नम्बर ३ का बस्तीहरुमा,  ७ गतेदेखि १०गतेसम्म वडा नम्बर ६ मा, ११ गतेदेखि १४ गतेसम्म वडा नम्बर २ मा, १५ गतेदेखि १९ गतेसम्म वडा नम्बर १ मा र २० गतेदेखि २५ गतेसम्म वडा नम्बर ४ का वस्तीहरुमा शिविरका माध्यमबाट विभिन्न सेवाहरु दिइने गाउँपालिकाका प्रवक्ता रबिन्द्र सिंह बोहराले जनाएका छन्।

शिविरका माध्यमबाट गाउँपालिकामा प्रवाह हुने कृषि तथा भेटनरी सेवा, ज्येष्ठ नागरिक सेवा, दिवा खाजा कार्यक्रम, पञ्जिकरण शाखाका सेवाहरु, अध्यक्ष ज्येष्ठ नागरिक सेवा, स्वास्थ्य जाँच, आयुर्वेदिक औषधि वितरण तथा चेकजाँच, पूर्वाधार सेवा  र प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको भुक्तानी लगायतका सेवाहरु दिइने अपिहिमाल गाउँपालिका अध्यक्ष भगतसिंह ठेकरे बोहराले बताएका छन्। आफ्नो टोलटोलमा शिविर सञ्चालन भएका बेला सेवा लिन गाउँपालिकालेजानकारी सहित आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment