सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद्को दार्चुला जिल्ला भेला सम्पन्न
१७ चैत २०८१, उपेन्द्र सिंह ठगुन्ना दार्चुला।
सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालको जिल्ला शाखा दार्चुलाको प्रथम भेला दार्चुला बहुमुखी क्याम्पस खलंगा दार्चुलाको सभाहलमा सम्पन्न भएको छ। संस्थाका केन्द्रिय सदस्य कलाकार मनोज धामिको अध्यक्षतामा सम्पन्न भएको भेलाले ६ महिना भित्र परिषद्को जिल्ला अधिवेशन मार्फत कार्यसमिती चयन गरी संस्कृति अध्ययन तथा अनुसन्धान लगायतका कामहरु गर्ने निर्णय गरेको छ । परिषद्ले तेह्र सदस्यीय तदर्थ समिती चयन गर्दै आगामी दिनमा दार्चुला जिल्ला भित्र रहेका विभिन्न भाषा, कला, संस्कृति, भेषभुषा लगायत समग्र सांस्कृतिक क्षेत्रको अनुसन्धानमा अग्रसर रहने अध्यक्ष तथा कलाकार मनोज सिंह धामिले बताउनु भएको छ ।
अधिवेशन सम्पन्न गर्नका लागि दार्चुला बहुमुखी क्याम्पसका उपप्राध्यापक साहित्यकार तथा रचनाकार बिष्णु दत्त जोशीको अध्यक्षतामा, उपाध्यक्ष भोजराज भट्ट ,सचिव महेश प्रसाद जोशी ,कोषाध्यक्ष सुमित्रा कुंवर, सदस्यहरुमा पदम सिंह बडाल, खेम राज जोशी,कृष्ण धामी, निर्मला धामी, ममिता कुमारी ठगुन्ना, प्रेम सागर जोशी,उपेन्द्र सिंह ठगुन्ना, लोकेन्द्र सिंह डागा, चरन ठगुन्ना रहने गरी तदर्थ समिति चयन गरेको गतिशील न्युज का संवाददाता उपेन्द्र सिंह ठगुन्ना ले जानकारी दिएका छन्।






