वाईसीएल नेपाल सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलन धनगढीमा सुरु
३० वैशाख २०८२, दार्चुला ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को युवा संगठन वाईसीएल नेपाल सुदूरपश्चिम प्रदेशको प्रथम प्रदेश सम्मेलन आजदेखि प्रदेश राजधानी धनगढीमा भव्य रूपमा सुरु भएको छ।
उद्घाटन समारोहमा पार्टीका केन्द्रिय नेताहरू, प्रदेश स्तरका अग्रज कार्यकर्ता तथा विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको छ। सम्मेलनले संगठनको संरचनागत सुदृढीकरण, युवा नेतृत्वको विकास, समसामयिक राजनीतिक अवस्थामाथि छलफल, तथा प्रदेशका युवाहरूको समस्यालाई उठान गर्ने विषयमा गहिरो छलफल हुने अपेक्षा गरिएको छ।
कार्यक्रमको उद्घाटन सत्रमा वाईसीएलका केन्द्रिय अध्यक्ष, माओवादी केन्द्रका प्रदेश इन्चार्ज, प्रदेश सरकारका प्रतिनिधि तथा अन्य अतिथिहरूले सम्बोधन गर्ने तालिका रहेको छ।
सम्मेलन वैशाख ३१ गते भोलिसम्म चल्ने छ र नयाँ प्रदेश कमिटी चयन गर्दै संगठनलाई अझ क्रियाशील बनाउने तयारी गरिएको प्रदेश संयोजक नरबहादुर विष्टले जनाएका छन्।






