Comments Add Comment

रातामाटा – गराडी जोड्ने सडक लिसिन भिरमा पुग्यो जोडिन मुस्किल

रातामाटा – गराडी जोड्ने सडक लिसिन भिरमा पुग्यो जोडिन मुस्किल

७ वैशाख २०८२, दार्चुला।
लेकम गाउँपालिकाको सदरमुकाम जोड्ने सडकको ट्रयाक वडा नम्बर -२ स्थित लिसिनी भिरमा अड्किएको छ। १,२ हप्तादेखि ब्रेकरले काम गरिरहेको भएपनि चट्टानमा सडक जोडिन मुस्किल भएको निर्माण व्यवसायीले बताएका छन्।

उक्त सडकको ट्रयाक जोड्न ब्लास्टिङको विकल्प नभएको देखिन्छ। विगत केहिवर्ष यता बजेट नै नभएर अलपत्र परेको सडकको ट्रयाक यो पाली बजेट हुदाँहुदै पनि कानुनी झंझट एवम् जिलेटिनको अभावले रोकिन सक्ने प्रबल सम्भावना रहेको छ।

सम्भव भएसम्म हामी ट्रयाक जोड्ने पक्षमै छौं। के- कति सम्भव हुन्छ ? स्थानीय सरकार संगको समन्वयमा यसलाई जोड्ने लक्ष्य नै भएकाले सम्बन्धित नागरिकहरुले पनि सहकार्य गरिरहेकै अवस्था हो। जहाँसम्म बकेट र ब्रेकरले धानेसम्म हामीले दुवैतर्फको ट्रयाक त एकअर्का नजिक पुगिसकेको हो तर डाउन गरेर मिलाउन मात्रै बाकी रहेको छ DE लक्ष्मण जोशीले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment