Comments Add Comment

नेपाली कांग्रेस : मालिकार्जुन गाउँपालिकामा १०० दिने विशेष अभियानको शुभारम्भ

नेपाली कांग्रेस : मालिकार्जुन गाउँपालिकामा १०० दिने विशेष अभियानको शुभारम्भ

८ मंसिर २०८१, दार्चुला।
जिल्लाको मालिकार्जुन गाउँपालिका मा नेपाली कांग्रेसले १०० दिने विशेष अभियानको थालनी गरेको छ। पार्टीलाई गतिशीलता दिन एवम् चुस्त दुरुस्त संगठन निर्माणका लागि देशव्यापी १०० दिने अभियान अन्तरगत मालिकार्जुन गाउँपालिकामा पनि अभियानको थालनी गरिएको नेपाली कांग्रेसका नेता नरेन्द्र सिंह धामी ले जानकारी दिए।

पालिका को सदरमुकाम शंकरपुर पस्तिमस पार्टी सभापति किसन सिंह धामी को अध्यक्षता, सुप प्रदेश कमिटी सदस्य मदन गिरीको प्रमुख आतिथ्यता, सुप प्रदेश कमिटी सदस्य गणेश भट्टको विशिष्ट आतिथ्यता एवम् महाधिवेशन प्रतिनिधी नरेन्द्र सिंह धामी लगायत नेताहरुको उपस्थितीमा वडागत १०० दिने विशेष अभियान सन्चालन समिति गठन गरिएको र भोलि देखि नै वडागत अभियान संचालन हुने जिल्ला सह सचिव राजेन्द्र प्रसाद जोशीले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment