आसिका तामाङ पक्राउ
२ माघ २०८१, दार्चुला।
प्रहरीले आशिका तामाङलाई पक्राउ गरेको छ।
अभद्र व्यवहारमा तामाङलाई गौशाला प्रहरी वृत्तको टोलीले बुधबार दिउँसो पक्राउ गरेको हो।
अभद्र व्यवहार मुद्दाको अनुसन्धान सिलसिलामा तामाङलाई नियन्त्रणमा लिनुपरेको प्रहरीले जनाएको छ। पछिल्लो समय पशुपति क्षेत्र विकास कोष परिसरमा तामाङले महिला प्रहरीलाई दुर्व्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको थियो।
तामाङलाई पक्राउ गरिएको काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी नवराज अधिकारीले जानकारी दिएका छन्।







