Comments Add Comment

स्थानीय उत्पादनको बजारिकरण गर्दै माओवादीका केन्द्रीय नेता ललित सिंह ठगुन्ना

स्थानीय उत्पादनको बजारिकरण गर्दै माओवादीका केन्द्रीय नेता ललित सिंह ठगुन्ना

१५ फागुन २०८१, दार्चुला।
जिल्लाको नौगाड गाउँपालिका स्थायी घर भएका नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य ललित सिंह ठगुन्नाले नेपालीहरुको वास्तविक कर्म नै स्थानीय उत्पादनलाई बजारिकरण गर्नु रहेको बताएका छन्।

यहि कर्म नेपालको समृद्धि हो र यसैमा हरेक नेपालीहरुको भविष्य पनि सुनिश्चित रहेको उनले बताएका छन्। नेता ठगुन्नाले यो वर्ष हिजो फागुन १४ गतेदेखि महाशिवरात्रीको अवसरमा गोकुलेश्वरमा लागिरहेको कृषि मेलामा आफ्नो स्टल थापेर व्यापार गरिरहेका छन्।

नेता ठगुन्नाले पछिल्लो समय हरेक नागरिक उत्पादन संग जोडिनु पर्नेमा जोड दिइरहेका छन् भने हरेक नेताले निश्वार्थ समाजसेवाका लागि कुनै न कुनै व्यवसायमा जोडिनुपर्ने बताउँछन्।

नेता ठगुन्नाको स्टलमा सुप्पा,मोट्टा,छाप्रा,अल्लोको कोट,सिस्नु,अचार,चुक, साननका गिलास लगायत स्थानी उत्पादनहरु बिक्रिमा रहेका छन्। उनले पछिल्लो समय पार्टीका केन्द्रीय एवम् प्रदेश स्तरीय कमिटी बैठक हरुमा पनि यिनै उत्पादन सहित सहभागी हुन्छन् भने नाफा कमाएर सामान्य नागरिकलाई पनि उत्पादन व्यवसाय संग जोडिन हौसला दिने गर्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment