Comments Add Comment

सेटिगाउँमा नेविसंघ र क्रान्तिकारी को प्यानल सहित कृष्ण रावलको नेतृत्वमा उम्मेदवारी दर्ता

सेटिगाउँमा नेविसंघ र क्रान्तिकारी को प्यानल सहित कृष्ण रावलको नेतृत्वमा उम्मेदवारी दर्ता

२ चैत २०८१, दार्चुला।
बैतडीको सेटिगाउँ बहुमुखी क्याम्पस गोकुलेश्वरमा चैत ५ गते हुन गइरहेको स्ववियु निर्वाचनको लागि कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघ र (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) बीच गठबन्धन भई प्यानल सहित उम्मेदवारी दर्ता भएको छ।

नेविसंघ र क्रान्तिकारी को साझा उम्मेदवारको रुपमा अध्यक्ष पदका लागि कृष्ण रावलले उम्मेदवारी दिएका हुन्।

कक्षा ८ मा पढ्दा देखि नेविसंघमा आवद्ध दार्चुलाको शैल्यशिखर नगरपालिका-५ आगरका रावलले क्याम्पस र विद्यार्थीको हक हितमा काम गर्न आफुले उम्मेदवारी दिएको बताउनुभयो । शैक्षिक, सामाजिक र राजनीतिक क्षेत्रमा क्रियाशील रावलले मालिकार्जुन मावि आगरमा नेविसंघ इकाई अध्यक्ष हुँदै नेविसंघ जिल्ला कार्यसमिति सदस्य, क्षेत्रीय संयोजक र नेविसंघ जिल्ला सचिवसम्मको जिम्मेवारी बहन गरेको बताउनुभयो ।

क्याम्पसको शैक्षिक तथा संस्थागत सुधार, विद्यार्थी हकअधिकारको संरक्षण, स्ववियुको सशक्तीकरण र नेतृत्व विकासका लागि नेविसंघ र अखिल क्रान्तिकारीको तर्फबाट उम्मेदवारी दिएको बताउदै रावलले स्ववियु चुनावमा आफू नेतृत्वको प्यानललाई विजयी गराइदिन विद्यार्थीहरूसंग अनुरोध गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment