Comments Add Comment

अपि हिमालमा महिला नेतृ दिलमायाको नेतृत्वमा ४५ सदस्यीय गाउँकमिटी चयन

अपि हिमालमा महिला नेतृ दिलमायाको नेतृत्वमा ४५ सदस्यीय गाउँकमिटी चयन

२३ मंसिर २०८१, दार्चुला।
जिल्लाको अपिहिमाल गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को दोस्रो गाउँ सम्मेलनबाट महिला नेतृ दिलमाया लोथ्याल को नेतृत्वमा ४५ सदस्यीय गाउँ कमिटी चयन भएको छ।

नेकपा (माओवादी केन्द्र) अपिहिमाल गाउँ कमिटी अध्यक्ष कलक सिंह बोहरा को अध्यक्षतामा आयोजित दोस्रो गाउँ सम्मेलनमा नेकपा माओवादी केन्द्र का केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज लक्ष्मण दत्त जोशीको प्रमुख आतिथ्यता, प्रदेश कमिटी सदस्य एवम् जिल्ला संयोजक पदम राज पन्त प्रेमको आतिथ्या एवम् ६ वटै वडाका नेता कार्यकर्ताहरुको उपस्थितिमा गाउँ सम्मेलन सम्पन्न भएको हो।

उद्घाटन सत्रमा प्रमुख अतिथि एवम् जिल्ला इन्चार्ज लक्ष्मण दत्त जोशी ले शुभकामना मन्तब्य राख्ने क्रममा वडा र गाउँ सम्मेलनहरु खबरदारी सभा हरु पनि भएको टिप्पणी गरेका छन्। हाम्रो पार्टी भ्रष्टाचारका विरुद्ध युद्धस्तरमा होमिएको छ, हामी सम्पूर्ण कमरेडहरुले पुन: एकजुट भएर बेथिति का विरुद्ध खबरदारी गर्नुपर्छ उहाँले भन्नुभयो।

उद्घाटन सत्र सम्पन्न गर्दै सभाध्यक्ष एवम् पालिका कमिटी अध्यक्ष कलक सिंह बोहराले नव निर्वाचित कमिटी चयन गर्नको लागि अध्यक्ष मण्डल एवम् निर्वाचन समिति घोषणा गर्दै आफु नेतृत्वको कमिटि विघटन गरेका थिए।

यो संगै बन्द सत्रबाट अध्यक्ष दिलमाया लोथ्याल को नेतृत्वमा नव निर्वाचित गाउँ कमिटी चयन गरिएको हो।
अध्यक्ष – दिलमाया लोथ्याल , उपाध्यक्ष – प्रेम राम टमटा, उपाध्यक्ष – उद्दव सिंह बोहरा , उपाध्यक्ष – मोहन सिंह कार्की, सचिव – राजेन्द्र सिंह धामी, सह सचिव – गोविन्द सिंह धामी, कोषाध्यक्ष – प्रेम सिंह जागरी लगायत ४५ सदस्यीय कमिटी निर्वाचित भएको निवर्तमान गाउँकमिटी अध्यक्ष कलक सिंह बोहरा ले जानकारी दिएका छन्।

नेकपा (माओवादी केन्द्र)ले जिल्ला व्यापी पालिका सम्मेलनहरु गरिरहेको छ। मंसिर २२ गते हिजो मार्मा गाउँपालिकामा, आज अपि हिमालमा सम्पन्न भएको छ भने, मंसिर २४ गते नौगाड, २५ गते शैल्यसिखर,२६ गते लेकम, २७ गते मालिकार्जुन, २८ गते महाकाली, २९ गते दुहुँ र ३० गते व्याँस गाउँपालिका मा सम्मेलन हुने जानकारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment