डडेल्धुरा: श्रीमानले गोलि हानी श्रीमतिको हत्या
२९ पुस २०८१, दार्चुला।
डडेल्धुरा जिल्लामा श्रीमानले गोलि चलाउँदा श्रीमतीको मृत्यु भएको छ।
जिल्लाको अमरगढी नगरपालिका वडा नं. ३ पथरोडा बस्ने बर्ष ३२ को डम्बर बहादुर थापा मगरले मापसे गरी घरायसी बादविवाद हुँदा आफ्नै घरआगनमा २४ बर्षिया श्रीमती अस्मिता थापा मगरलाई एकनाले भरुवा बन्दुकले छातीमा गोली हान्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
सोमबार साझ उनले गोलि हानी हत्या गरेको हो।
घटानाबारे प्रहरीलाई जानकारी भएपछि जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठको कमाण्डमा प्रहरी टोलीले थापा मगरलाई घर भन्दा २०० मिटर टाढा जंगलमा भरुवा बन्दुक सहित भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिई पक्राउ गरेको छ।
थापालाई आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको र उक्त घटना सम्बन्धी थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।






