दार्चुला। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब आफू पार्टीको अध्यक्ष नरहेको घोषणा गर्नुभएको छ।
आज (शुक्रबार) काठमाण्डौमा सम्पन्न केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले आफू महाधिवेशन आयोजक समितिको संयोजक मात्र रहेको स्पष्ट पार्नुभयो।
उहाँले भन्नुभयो, “आज केन्द्रीय समितिको बैठक सम्पन्न भयो । अब म अध्यक्ष रहिनँ, अब म संयोजक मात्रै हो।”
बैठकले पार्टीलाई महाधिवेशनतर्फ लैजाने निर्णय गरेको र त्यसको तयारी स्वरूप आयोजक समिति गठन भएको प्रचण्डले जानकारी दिनुभयो।
यसअघि प्रचण्ड २०६३ सालदेखि निरन्तर पार्टी अध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो।






