मार्मा गाउँपालिका स्तरीय पाचौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्न: लटिनाथ विजेता ,तपोवन उपविजेता
२१ पुस २०८१ , दार्चुला।
जिल्लाको मार्मा गाउँपालिकामा पाचौं पालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता २०८१ सम्पन्न भएको छ। उक्त प्रतियोगितामा सर्वाधिक पदक प्राप्त गरि यो वर्षको राष्ट्रपति रनिङ सिल्ड लटिनाथ मावि रास्कोटले हात पारेको छ।
पाँचौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता मा पालिका भरिका आठवटा विद्यालयहरुको सहभागीता रहेको थियो। जसमा अपिपथ प्रर्दशक मावि सेरी -६, दुर्गेश्वरी मावि घोल्जर- १, दुर्गेश्वरी मावि ताकु-१, लटिनाथ मावि रस्कोट -३, लामबगर मावि लामबगर-२, सल्लेधार मावि मुरै-५, शिवालिंग मावि पत्थरकाडा-६ र तपोवन मावि-४ पडपडाको सहभागिता रहेको थियो।
राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता पुस १८ गतेदेखि २१ गतेसम्म चलेको शिक्षा शाखाले जनाएको छ।
लटिनाथ मावि रस्कोटले २४ स्वर्ण १५ रजत ५ कास्य जम्मा ४४ पदक प्राप्त गरी प्रथम, तपोवन मावि पडपडाले १३ स्वर्ण,१२ रजत ,८ कास्य गरी ३२ पदक प्राप्त गरी द्वितीय एवम् अपिपथ प्रर्दशक मावि सेरीले ३ स्वर्ण,४ रजत ,९ कास्य गरी १६ पदक प्राप्त गरी तृतीय स्थान हात पारेका छन्। यस्तै सल्लेधार मावि मुरैले २ स्वर्ण,२ रजत, ६ कास्य गरी १० वटा पदक, दुर्गेश्वरी मावि ताकुले १ स्वर्ण, ४ रजत , ३ कास्य गरी ८ पदक, लामबगर मावि लामबगरले १ रजत ८ कास्य गरी ९ पदक , दुर्गेश्वरी मावि घोल्जरले १ रजत ,२ कास्य गरी ३ पदक प्राप्त गरेका छन् भने सहभागी सिवालिंग मावि निम्ठाले कुनैपनि पदक जित्न सकेको छैन्। एथलेटिक्स छात्र,छात्रा बिधामा मावि लटिनाथले प्रथम, तपोवन माविले द्वितीय र मावि सेरीले तृतीय स्थान हात पारेको छ।
भलिबल छात्र तर्फ – मावि ताकु प्रथम ,मावि पडपडा द्वितीय ,मावि मुरै र लटिनाथ तृतीय भएका छन्न्, छात्रातर्फ – सल्लेधार मावि मुरै प्रथम,लटिनाथ मावि रस्काेट द्वितीय ,दुर्गेश्वरी मावि घाेल्जर र मावि शेरी तृतीय भएकाछन।
कबड्डी छात्रातर्फ – मावि पडपडा प्रथम, मावि ताकु द्वितीय, मावि लाम्बगड र मावि रस्काेट तृतीय भएकाछन् भने छात्रातर्फ – मावि रस्काेट प्रथम, मावि घाेल्जर द्वितीय र मावि शेरी र मावि तपाेवन तृतीय भएकाछन। भनि मार्मा गाउँपालिका शिक्षा एवम् खेलकुद शाखाले जानकारी दिएको छ।
समापन कार्यक्रममा पालिका अध्यक्ष जमन सिंह धामी ले सहभागी विद्यालयहरुलाई , दर्शक मार्मावासी नागरिकहरु, खेलप्रशिक्षक, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी एवम् पत्रकार सबैलाई प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग गरेकोमा धन्यवाद दिएका छन् भने यो वर्षको जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता मार्मामा हुने पक्कापक्की भइसकेको बताएका छन्। समापन कार्यक्रममा पालिका उपाध्यक्ष सर्मिला सिंह, पालिका प्रवक्ता धिरेन्द्र सिंह धामी, प्रमुख प्रशासकीय अधिकृत धर्मेन्द्र जोशी , निर्वाचित वडा अध्यक्ष,कार्यपालिका सदस्यहरु, नागरिक, सुरक्षा, पत्रकार लगायतको सहभागिता रहेको थियो।







