आव २०८१/८२ को दोस्रो चौमासिक अवधि सम्मको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न : अपिहिमाल गाउँपालिका
२७ फागुन २०८१, दार्चुला।
जिल्लाको अपिहिमाल गाउँपालिकामा चालु आव २०८१/८२ को दोस्रो चौमासिक अवधि सम्मको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।
फागुन २५ देखि २६ गतेसम्म वडाहरुमा सुनवाई कार्यक्रम सम्पन्न गरेसंगै आज गाउँपालिकाको सार्वजनिक सुनुवाई गरिएको सहजकर्ता राजेन्द्र साउदले जानकारी दिएका छन्।
फागुन २५ गते ४,५ र ६ नम्बर वडाहरुमा र २६ गते १,२ र ३ नम्बर वडाहरुमा सार्वजनिक सुनुवाई गरिएको थियो भने आज पालिकाको सुनवाई सम्पन्न भएको हो।
चालु आव २०८१/८२ को श्रावण देखि फागुन सम्मको वस्तुस्थिति विवरण अनुसार यो वर्षको दोस्रो त्रैमासिक(पुस) सम्मको सामाजिक सुरक्षा भत्ता रकम वाफत कुल १ करोड २४ लाख ५३ हजार ५२१ रुपैयाँ निकासा भएको छ भने जसमा सासु भत्ता पाउनेको संख्या महिला ३८० जना र पुरुष २३५ जना गरी जम्मा ६१५ जना रहेका छन्।
६१५ जना मा जेष्ठ नागरिक गैरदलित महिला २०६ जना र पुरुष १८५ गरी जम्मा ३९१ जना, जेष्ठ नागरिक दलित महिला ४ जना र पुरुष ४ जना गरी जम्मा ८ जना , पुर्ण अपांग संख्या महिला ५ जना र पुरुष ४ जना गरी ९ जना, आंशिक अपांग संख्या महिला २८ जना र पुरुष २४ जना गरी जम्मा ५२ जना, जेष्ठ एकल महिला संख्या २९ जना, विधुवा महिला संख्या ९९ जना र वाल संरक्षण अनुदान संख्या ९ जना महिला र १८ जना पुरुष गरी जम्मा २७ जना रहेको छ।
यस्तै पञ्जिकरण सेवा तर्फ हालसम्म कुल जन्मदर्ता संख्या महिला २८ र पुरुष ४१ गरी जम्मा ६९ जना, मृत्युदर्ता संख्या महिला ३ जना र पुरुष १२ जना गरी जम्मा १५ जना , विवाह दर्ता संख्या महिला पुरुष गरी ३२ जोडी, बसाईसराई संख्या महिला ७ जना र पुरुष २० जना गरी जम्मा २७ जना रहेका छन् भने सम्बन्ध विच्छेदको संख्या २ जोडी रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्र सिंह साउदले बताएका छन्।
यस्तै आव २०८१/८२ मा आर्थिक विकासका क्षेत्रमा योजना संख्या ४० र विनियोजित बजेट ३ करोड ३८ लाख ९१ हजार रहेको एवम् सम्पन्न भएका योजना संख्या २५ तथा सम्पन्न हुन बाकी १५ रहेको छ, पूर्वाधार विकासको क्षेत्रमा योजना संख्या १६ र विनियोजित बजेट १ करोड ९७ लाख ६० हजार रहेको एवम् सम्पन्न योजना संख्या ९ र सम्पन्न हुन बाकी योजना संख्या ७ रहेकोछ, सामाजिक विकासको क्षेत्रमा कुल विनियोजित बजेट १७ करोड २१ लाख ८६ हजारमा योजना संख्या १२१ जसमा सम्पन्न संख्या ७५ र सम्पन्न हुन बाकी संख्या ४६ रहेको छ भने सुशासनको क्षेत्रमा जम्मा योजना संख्या २० जसमा सम्पन्न भएको संख्या ९ र सम्पन्न हुन बाकी ११ वटा योजना रहेछन् जसको लागि कुल विनियोजित बजेट १ करोड ५० लाख ३१ हजार रहेको छ र कार्यालय संचालन तथा प्रशासनिक क्षेत्र तर्फ ५० वटा क्रियाकलापहरु रहेको र जसका लागि विनियोजित बजेट ७ करोड ५६ लाख ३१ हजार रहेको छ।
मुख्यतः पालिकाको ध्यान सडक यातायातमा रहेको तथा पर्यटन प्रवद्र्धन मा देशभरिमै उत्कृष्ट पालिका मध्ये बनेको अध्यक्ष भगतसिंह ठेकरे बोहराले बताउनुभएको छ।






