मालिकार्जुन गाउँपालिका: केशर सिंह धामीको नेतृत्वमा ३१ सदस्यीय गाउँकमिटी चयन
२७ मंसिर २०८१, दार्चुला।
जिल्लाको मालिकार्जुन गाउँपालिकामा (नेकपा माओवादी केन्द्र)को तेस्रो गाउँ सम्मेलन सम्पन्न भएको छ।
तेस्रो गाउँ सम्मेलनबाट केशर सिंह धामीको नेतृत्वमा उपाध्यक्ष – मोहन सिंह धामी, मन्जु लोहार (रबिना), पदम टमटा, सचिव – ओमप्रकाश धामी, सहसचिव- किरन चन्द, कोषाध्यक्ष – रेवती धामी लगायत ३१ सदस्यीय गाउँ कमिटी चयन गरिएको निर्वाचित सचिव ओमकार धामीले जानकारी दिएका छन्।
नेकपा माओवादी केन्द्रले लगातार गाउँ सम्मेलनहरु सम्मपन्न गरिरहेको छ। भोलि महाकाली नगरपालिका, पर्सी दुहुँ गाउँपालिका र निपर्सी व्याँस गाउँपालिका मा सम्मेलन हुने नेकपा माओवादी केन्द्र जिल्ला संयोजक पदम राज पन्त ले जानकारी दिए।









