दार्चुला: सिडिओ जोशीको विदाई कार्यक्रम
२६ चैत २०८१, दार्चुला।
जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीलाई आज एक कार्यक्रमका बीच कर्मचारी मिलन केन्द्रले विदाई गरेको छ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाको सभाकक्षमा आयोजित स्वागत तथा फेरि भेटौला कार्यक्रममा प्रमुख जिल्ला अधिकारीलाई मायाको चिनो आदानप्रदान गरी बिदाई गरेको सहायक प्रमुख जिल्ला अधिकारी मोहन सिंह धामीले जानकारी दिएका छन्।
उक्त कार्यक्रममा जिल्ला स्थित विभिन्न कार्यालयका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागीता रहेको छ।
तस्विरहरु:













