व्याँस-३ मा नेपाली कांग्रेसको १०० दिने विशेष अभियान शुरू
१० मंसिर २०८१, दार्चुला।
जिल्लाको व्याँस गाउँपालिका -३ सिनामा नेपाली कांग्रेसले १०० दिने विशेष अभियानको थालनी गरेको छ। पार्टीलाई गतिशीलता दिन एवम् चुस्त दुरुस्त संगठन निर्माणका लागि देशव्यापी १०० दिने अभियान अन्तरगत व्याँस गाउँपालिकामा पनि अभियानको थालनी गरिएको नेपाली कांग्रेसका प्रदेश क्षेत्र नं.१ का सचिव हरि दत्त जोशीले जानकारी दिएका छन्।
नेपाली कांग्रेस केन्द्रीय समिति तथा नेपाली कांग्रेस जिल्ला कार्यसमिति दार्चुलाको निर्देशन अनुसार वडा -३ मा १०० दिने विशेष अभियानको थालनी भएको गरिएको हो।
उक्त कार्यक्रममा वडा नं -३ सिनाका सभापति मंगल सिंह धामीको अध्यक्षता, प्रदेश कार्यसमिति सदस्य मदन गिरीको प्रमुख आतिथ्यता, जिल्ला कार्यसमिति उप सभापति मानसिहं बुढाथोकी को विशिष्ट आतिथ्यता, महाधिवेशन प्रतिनिधी नरेन्द्र सिंह धामी, महासमिति सदस्य हरक सिंह विष्ट, महासमिति सदस्य शान्ति बम, प्रदेश क्षेत्र नं१ सचिव हरि दत्त जोशी लगायत को आतिथ्यता एवम् वडा नं ३ का नेता कार्यकर्ताहरुको उपस्थितिमा उक्त अभियान थालनी गरिएको नेपाली कांग्रेस जिल्ला कार्यसमिति दार्चुलाले जनाएको छ। यतिबेला नेपाली कांग्रेस ले जिल्ला भरिका विभिन्न वडा र पालिकाहरुमा १०० दिने विशेष अभियानको थालनी गरिरहेको छ।






