Comments Add Comment

आज कार्तिक २९ गते मालिकार्जुन मा रात्रीकालीन जात्रा लाग्ने

आज कार्तिक २९ गते मालिकार्जुन मा रात्रीकालीन जात्रा लाग्ने

२९ कार्तिक २०८१, दार्चुला।
जिल्ला स्थित राष्ट्रकै सात धाम मध्ये एक मालिकार्जुन धाम मडमा आज रात्रीकालीन जात्रा लाग्नेछ। हरेक वर्ष कार्तिक शुक्ल चतुर्दशीका दिन लाग्ने जात्रा यो पाली आजका दिन लाग्ने मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ।

जात्रालाई मर्यादित र सुव्यवस्थित बनाउन २४८ सुरक्षाकर्मीहरु खटाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

जनपद प्रहरी बाट डिएसपी को कमाण्डमा ३ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) सहित १ सय पचास जना, १० जना सादा पोसाकका प्रहरी र ८ जना ट्राफिक प्रहरी पनि खटिनेछन् । यस्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाबाट डिएसपीको कमाण्डमा ८० जना सशस्त्र प्रहरी खटिने जनाइएको छ ।

आजकै दिन मालिकार्जुन गाउँपालिका -३ मड स्थित मालिकार्जुन धाम लगायत लेकम क्षेत्रका मालिकार्जुन मन्दिरहरुमा पनि रात्रीकालीन जात्रा लाग्नेछन्। लेकम गाउँपालिका -६ उचाकोट, लेकम गाउँपालिका -५ मैखोली र लेकम गाउँपालिका -२ गराडीमा पनि रात्रीकालीन जात्रा लाग्ने स्थानीय जानकार धाना जोशीले बताएका छन्।

हिजो कार्तिक शुक्ल त्रयोदशीका दिन शैल्यसिखर मा पुजन जात्रा लागेको थियो भने भोली कार्तिक ३० गते यो वर्षको अन्तिम जात्रा कुणी भगवतीमा लाग्ने लेकमका ज्योतिष केशवराज जोशीले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment