बिसुपर्व सकिएलगत्तै सिप्टिमा भलिबल प्रतियोगिता सुरु
दार्चुला,३ चैत २०८२: उपेन्द्र सिंह ठगुन्ना (खर्कालो) ।
बिसुपर्व सम्पन्न भएसँगै नौगाड गाउँपालिका–४ सिप्टिमा भलिबल प्रतियोगिता सुरु भएको छ। गाउँ खेलकुद विकास समिति, सिप्टिको आयोजनामा गणेश विनायक माविको प्राङ्गणमा आजबाट खुल्ला जिल्ला स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु भएको हो।
कार्यक्रमको सभापतित्व समितिका अध्यक्ष रमेश सिंह ठगुन्नाले गरेका थिए। प्रमुख अतिथि नौगाड गाउँपालिकाका उपाध्यक्ष जगत सिंह ठगुन्ना तथा विशेष अतिथि वडा नं. ४ का अध्यक्ष कृष्ण सिंह धामी थिए।
उद्घाटन खेलमा महिला तर्फ मार्मा टोलिले ३ Star टिमलाई २५–१९ र २५–१२ को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। महिला तर्फ कुल ५ टिम सहभागी छन् र खेलहरू लिग चरणमा खेलाइनेछ।
पुरुष तर्फ हालसम्म १२ टिमले दर्ता गराइसकेका छन्। पुरुष तर्फका खेलहरू भने नकआउट चरणमा सञ्चालन गरिने आयोजकले जनाएको छ।
प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ। पुरस्कार राशि निम्नानुसार रहेको छ:
पुरुष तर्फ:
प्रथम: रु. ५१,१५१
द्वितीय: रु. ३१,१३१
तृतीय: रु. २१,१२१
महिला तर्फ:
प्रथम: रु. १०,०८२
द्वितीय: रु. ७९८२
तृतीय: रु. ४०८२







