Comments Add Comment

माओवादीको रफ्तार, वार कि पार : वडा सम्मेलन दार्चुला

माओवादीको रफ्तार, वार कि पार

१९ मंसिर २०८१, दार्चुला।
जिल्लाको नौ वटै स्थानीय तहमा यतिबेला नेकपा (माओवादी केन्द्र) को वडा सम्मेलन बाट नयाँ नेतृत्व सहितको वडा कमिटी चयन गरी पार्टीलाई एककदम अगाडि बढाउने अभियान चलिरहेको छ।

जिल्लाका ९ वटा स्थानीय तहको ६१ वडामध्ये मार्मा गाउँपालिका र नौगाड गाउँपालिकाका सबै वडाहरुको सम्मेलन सम्पन्न भएको छ भने अपि हिमाल गाउँपालिका का ४ , शैल्यसिखर नगरपालिकामा ६ , मालिकार्जुनमा ५, लेकममा १, महाकाली नगरपालिका मा ६ र व्याँसमा १ गरी ३५ वडामा सम्मेलन सम्पन्न भइ नयाँ नेतृत्व सहितको वडा कमिटी चयन भइसकेको अन्य वडाहरुमा निरन्तर वडा सम्मेलनहरु भइरहेका छन्, जिल्ला समन्वय समिति संयोजक पदम राज पन्त प्रेम ले जानकारी दिएका छन्।

दुहुँ गाउँपालिका मा आजदेखि वडा सम्मेलन हुने र चुनावका कारण केन्द्र को सर्कुलर अनुसार मंसिर १२ देखि १८ भित्रै वडा सम्मेलन नसकिए पनि मंसिर २१ भित्र सवै वडाहरुको सम्मेलन सम्पन्न हुने संयोजक पन्तले बताए।

र संयोजक पन्तले मंसिर २२ गतेदेखि ३० गते सम्म पालिका सम्मेलन हुने जानकारी समेत दिए।

मंसिर १२ देखि ३० सम्म वडा सम्मेलनको लागि जिल्लाको व्याँस र दुहुँ गाउँपालिकामा केन्द्रीय सदस्य लक्ष्मण दत्त जोशी, अपिहिमाल गाउँपालिकामा केन्द्रीय सदस्य ललित सिंह ठगुन्ना, मार्मामा वैकल्पिक केन्द्रीय सदस्य जमन सिंह धामी, शैल्यसिखर र नौगाड मा वैकल्पिक केन्द्रीय सदस्य मानबहादुर धामी सन्तोष र लेकम/मालिकार्जुन मा केन्द्रीय सदस्य लक्ष्मी विक लाई सम्मेलन सहजिकरणका लागि जिम्मेवारी दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment