नरेन्द्र नाथको अध्यक्षतामा गोकुलेश्वर कृषि क्याम्पस सन्चालक समिति चयन
८ मंसिर २०८१, दार्चुला।
बैतडीको डिलाशैनी गाउँपालिका-५ मा अवस्थित गाेकुलेश्वर कृषि तथा पशु विज्ञान क्याम्पसमा नरेन्द्र नाथको नेतृत्वमा सञ्चालक समिति चयन भएको छ ।
क्याम्पसको आयोजनाना आयोजित भेलाबाट क्याम्पसको सञ्चालक समिति अध्यक्षमा नाथ सर्वसम्मत निर्वाचित भएसंगै अध्यक्ष र सदस्य सचिव समेत रहनुभएका क्याम्पस प्रमुख परमानन्द जोशीको उपस्थितिमा बैठक बसी सञ्चालक समितिलाई पूर्णता दिइएको जानकारी छ।
उपाध्यक्षमा दुर्गादत्त नाथ, सदस्यहरूमा अत्तर बहादुर बोहरा, जगदीश नाथ, बलबहादुर माल, कृष्ण नाथ योगी र माधवी नाथ चयन गर्ने निर्णय गरिएको नवनिर्वाचित अध्यक्ष नरेन्द्र नाथले बताएका छन्।






