Comments Add Comment

दुहुँको सम्मेलन सम्पन्न संगै माओवादीको नौवटै पालिकामा नयाँ नेतृत्व सहित कमिटी चयन

दुहुँको सम्मेलन सम्पन्न संगै माओवादीको नौवटै पालिकामा नयाँ नेतृत्व सहित कमिटी चयन

१ पुस २०८१, दार्चुला।
जिल्लाको दुहुँ गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को दोस्रो गाउँ सम्मेलन सम्पन्न भएको छ। उक्त सम्मेलनबाट विक्रम सिंह कुवँर (सम्भव) को नेतृत्वमा २५ सदस्यीय गाउँकमिटी चयन गरिएको छ।

विक्रम सिंह कुवँर (सम्भव) को नेतृत्वमा उपाध्यक्ष – करन कार्कि,भगवती वडाल,वीर सिह कार्की,सचिव – हरक सिह वडाल, सहसचिव – करण बहादुर कुवँर(कार्वाहि),कोषाध्यक्ष – गाेबिन्द टमटा ,सचिवालय सदस्य – हरक बहादुर ठकुरी र धर्मानन्द जोशी लगायत २५ सदस्यीय गाउँकमिटी चयन गरिएको हरक सिंह बडालले जानकारी दिएका छन्।

दुहुँ गाउँपालिका को सम्मेलन सम्पन्न गरे संगै नेकपा (माओवादी केन्द्र) ले जिल्लाका नौवटै स्थानीय तहहरुमा पालिका सम्मेलनहरु सम्पन्न गरेको छ। गत महिना मंसिर २२ गते मार्मा देखि शुरु गरेको सम्मेलन आज दुहुँ गाउँपालिका को सम्मेलन सम्पन्न गरे संग जिल्लाका सबै स्थानीय तहहरुमा नयाँ नेतृत्व सहित गाउँकमिटी चयन गरिएका छन्।
जिल्लाको अपिहिमाल गाउँ कमिटी अध्यक्षमा दिलमाया लाेथ्याल, मार्मामा बिरेन्द्र बाेहरा, नाैगाडमा धनिराम ठगुन्ना,शैल्यशिखरमा, कर्ण बहादुर भण्डारी, लेकममा उमाकान्त बिष्ट, मालिकार्जुनमा केशर सिंह धामी, महाकालीमा गणेश खत्री(पावेल),दुँहुमा विक्रम सिंह कुवँर र व्याँस गाउँकमिटी अध्यक्षमा विपिन कुवँरको नेतृत्वमा पालिका कमिटीहरु चयन गरिएका छन् भनि जिल्ला समन्वय समिति सचिव विनोद सिंह कुवँर ले जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment