
लेकम गाउँपालिका : निमित्त प्रमुख प्रशासकीय अधिकृतमा अम्बा दत्त जोशी नियुक्त
दार्चुला। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सिनियर कर्मचारीका रुपमा लेकम गाउँपालिका को निमित्त प्रमुख प्रशासकीय अधिकृत को जिम्मेवारी पाउनुभएका नेपाल स्वास्थ्य सेवा, हेल्थ ईन्स्पेक्सन समूह, अधिकृत छैटौँ अम्बादत्त जोशीले मंगलबार पदभार ग्रहण गर्नुभएको थियो।
लेकम गाउँपालिका को प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदी को सरुवा भएपछि जोशीलाई मन्त्रालयले प्रशासकीय अधिकृत नपठाउन्जेल सम्मका लागि निमित्त प्रमुख प्रशासकीय अधिकृत को जिम्मेवारी दिइएको नियुक्ति पत्रमा उल्लेख छ।
लेकम गाउँपालिकाको स्थापना काल देखि १ दर्जन बढी पटक प्रशासकीयहरुको फेरबदल भइसकेको छ। यो विषयलाई लिएर स्थानीहरुले आलोचना गर्ने गरेका छन् । सरकार फेरबदल संगै हाकिम सरुवा गर्ने र आफ्नो स्वार्थपुर्ति गर्न सपना बुन्ने जनप्रतिनिधिहरुको कमि छैन् लेकम गाउँपालिकामा

हालसम्म नियुक्त भएका हाकिमहरुको लिष्ट हेर्दा पनि प्रष्ट हुन्छ कि लेकम गाउँपालिकाको कर्मचारी तन्त्र कस्तो होला ? र विकास निर्माणका कार्यहरू कसरी भइरहेका होलान् ? भनी


