Comments Add Comment

अखिल क्रान्तिकारी  निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित

अखिल क्रान्तिकारी  निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित


काठमाडौँ–अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) केन्द्रीय पदाधिकारीहरूको मनोनयन दर्ता सम्पन्न भई उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित गरिएको छ।

बुधवार राति केन्द्रीय निर्वाचन समितिको कार्यालयले सो सङ्गठनका केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्यहरूका उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित गरेको हो।

केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय सदस्य, आयोगका पदाधिकारी तथा सदस्यहरू गरी जम्मा कुल ३१२ पदका लागि जम्मा ५०० जनाको उम्मेदवारी रहेकोमा उक्त उम्मेदवारहरूको प्रारम्भिक नामावली माथिको दाबी विरोध बिहीबार बिहान ९ बजेभित्र www.election.akhilr.org मार्फत उजुरी पेस गर्न समेत समितिले अनुरोध गरेको छ। सो संगठनको २३ औँ सम्मेलनबाट नयाँ नेतृत्वको लागि माघ १२ गते निर्वाचन हुँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment