Comments Add Comment

शिवलिङ्ग बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारण सभा सम्पन्न

शिवलिङ्ग बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारण सभा सम्पन्न

२७ पुस २०८१, दार्चुला।
जिल्लाको मार्मा गाउँपालिका -६ स्थित शिवलिङ्ग बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारण सभा सम्पन भएको छ।

उक्त कार्यक्रममा संस्थाका अध्यक्ष महादेव सिंह डडालको अध्यक्षता, मार्मा गाउँपालिका वडा नम्वर ६ का वडा सचिव अमर सिह कोट्टारीको प्रमुख आतिथ्यता, शिवालिङ्ग मावि पत्थरकाडाका प्रअ ईश्वर सिंह कोट्टारीको विशिष्ट आतिथ्यता रहेको थियो भने सेयर सदस्य लगायत स्थानीयको उपस्थिति मा साधारण सभा सम्पन्न भएको हो।

संचालक समिति सदस्य स्व. कान्ति डडालप्रति श्रद्धाञ्जली एवम् शोकाकुल परिवारजनमा संवेदना व्यक्त गर्दै कार्यक्रमको शुरुवात गरिएको थियो भने अध्यक्ष डडालले संस्थाको प्रतिवेदन पेश गर्नुभएको थियो।

संस्थाको कुल कारोबार रु.२,३६,९८,६६३ (दुइ करोड ३६ लाख ९८ हजार ६६३ रुपैयाँ), शेयर पुँजी रु.४५,६१,९०० रहेको छ भने ७५० भन्दा बढी शेयर सदस्य संस्थामा आवद्द रहको बताएका छन्।

संस्थाले विगत तिन वर्षदेखि मार्मा लुगा धुने साबुन ,चिउरी हर्वल नुहाउने साबुन र भाडा धुने साबुनहरु उत्पादन गरिरहेको र च्युउरी प्रसोधन तथा  अन्य तेलहन् वस्तुहरु प्रसोधन गर्ने कार्यलाई निरन्तरता दिई रहेको र सहकारीले उत्पादन गरिरहेका साबुनहरुको प्रयोगमा सबैले जोड दिनु पर्ने कुरा अध्यक्ष डडालले बताए।


कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष पानसिह धामी (समिर) ले राखेका थिए भने अतिथि हरुले शुभकामना मन्तव्य राखेका थिए।


संस्थाको १५ औं वार्षिक साधारण सभाको अवसरमा वडा नम्बर ६ भित्र का ९ वटा  विद्यालयको सहभागितामा १-५ को हाजिरी जवाफ प्रतियोगिता र १-३ को हस्त लेखन प्रतियोगिताको आयोजना गरेको थियो।
हाजिरी जवाफ  प्रतियोगितामा प्रथम श्री धुव्रतारा जनहित आवि मौरे ,द्वितीय श्री मालिकार्जुन आवि परिवन ,तृतीय श्री सिराड भुमि आवि छिपान र सान्त्वना श्री शिवालिङ्ग मा वि पत्थरकाडाले हात पारेका थियो।

त्यसै गरी हस्तलेखनमा प्रथम श्री शिवालिङ्ग मावि पत्थरकाडा, प्रथम श्री धुव्रतारा जनहित आवि मौरे, द्वितीय श्री हटिनाथ आवि जमुनाबगर, तृतीय श्री सिराड भुमि आवि छिपान र श्री सिद्धनाथ आ वि मल्ला मौरे सान्त्वना पुरस्कार श्री मालिकार्जुन आ वि परिवन र श्री दुर्गा भवानी आ वि बौडया पाएका थिए।


हाजिरी जवाफ र हस्तलेखन कार्यक्रम राखि साधारण सभा मा निम्तो दिएकोमा विद्यालयहका प्रअ र शिक्षकहरुले धन्यवाद दिएका थिए ।

कार्यक्रम को सन्चालन संस्थाका प्रवन्धक गणेश सिंह डडाले गरेका थिए भने कार्यक्रममा संस्थाका संचालक समितिका पदाधिकारी शेयर सदस्य विभिन्न क्षेत्रमा कार्यरत राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी र आम सर्वसाधारण ठुलो संख्यामा उपस्थिति रहेको गतिशील न्यूज का मार्मा संवाददाता दिपेन्द्र सिह डडालले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment