Comments Add Comment

नेकपा एमाले दार्चुला – काठमाण्डौं सम्पर्क मञ्चको चियापान अन्तर्क्रिया कार्यक्रम सम्पन्न

नेकपा एमाले दार्चुला – काठमाण्डौं सम्पर्क मञ्चको चियापान अन्तर्क्रिया कार्यक्रम सम्पन्न

६ पुस २०८१ , दार्चुला।
नेकपा एमाले दार्चुला-काठमाडौँ सम्पर्क मञ्चको चियापान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रम शुक्रबार राजधानी काठमाडौँमा सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष ज्ञानेन्द्र घर्ती ले नेताको वरिपरि रहेर पार्टी नबन्ने बरु अहिले पार्टी प्रति भइरहेको आक्रमण लाई सबै नेता कार्यकर्ताहरु मिलि सामना गर्नुपर्ने बताएका छन्।

सम्पर्क मञ्चले आयोजना गरेको उक्त कार्यक्रममा पुर्व मन्त्री एवम् नेकपा एमाले पोलिट्ब्युरो सदस्य गणेश सिह ठगुन्ना ,एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य लाल बहादुर विश्वकर्मा,महाकाली नगरपालिकाका मेयर नरसिंह चैसिर, मालिकार्जुन गाउँपालिकाका अध्यक्ष हिरा सिंह धामी,एमाले दार्चुलाका सचिव उमेश राज जोशी, एमाले दार्चुलाका पुर्व उप सचिव खडक बडाल लगायतका नेता कार्यकर्ताहरूको उपस्थिती रहेको थियो, भनि जिल्ला कमिटि सचिव उमेश जोशीले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment