Comments Add Comment

महाकाली नगरपालिका: गणेश सिंह खत्री (पावेल) को नेतृत्वमा नगर समिति चयन, पहिलो बैठक सम्पन्न

महाकाली नगरपालिका: गणेश सिंह खत्री (पावेल) को नेतृत्वमा नगर समिति चयन, पहिलो बैठक सम्पन्न

१ पुस २०८१, दार्चुला।
जिल्लाको महाकाली नगरपालिका मा नेकपा माओवादी केन्द्र को दोस्रो सम्मेलन बाट निर्वाचित समितिको पहिलो पदाधिकारी बैठक सम्पन्न भएको छ।

गत महिनाको २८ गते सम्पन्न सम्मेलनबाट गणेश सिंह खत्री पावेल को नेतृत्वमा ,उपाध्यक्ष – हरिश भट्ट, दानी राम विक,दानु निराैला, सचिव – राजेन्द्र बिष्ट, सहसचिव – आनन्दी वडाल, काेषाध्यक्ष – दिलिप सिह महर सहित ३३ सदस्यीय नगर समिति निर्वाचित भएको थियो।

उक्त समितिको पहिलो पदाधिकारी बैठक गणेश खत्री को अध्यक्षतामा बसी अधिवेशन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद दिने देखि सचिवालय गठन एवम् विभाग तोक्ने सम्मको निर्णय भएको सचिव हरिश भट्टले जानकारी दिएका छन्।

निर्णयहरु:
१. पालिका सम्मेलन सफल पार्न सहयोग गर्ने प्रमुख अथिती, अथिती , निर्वाचन समिति, प्रतिनिधि,पार्टी सदस्य, पत्रकार, शुभचिन्तक सबैलाइ धन्यवाद दिने

२. सचिवालय गठन गर्ने

३. आगामी पौष १० गतेबाट चैत्र ९ गतेसम्म जनतासंग माओवादी अभियान संचालन गर्ने,

४. विभागीय जिम्मेवारी
युवा र विद्यार्थी: हरिश भट्ट
दलित बिभाग :दान सिह विक
महिला बिभाग: आनन्दी बडाल
प्रचारप्रसार विभाग :राजेन्द्र बिस्ट लाई दिने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment