Comments Add Comment

दुहुँ गाउँपालिका: वडा अध्यक्षका लागि ४ जनाको मनोनयन

दुहुँ गाउँपालिका: वडा अध्यक्षका लागि ४ जनाको मनोनयन

२ मंसिर २०८१ दार्चुला ।

जिल्लाको दुहु गाउँपालिका वडा नम्बर ५ को वडा अध्यक्षका लागि ३ दलका सहित ४ जनाले मनोनयन दर्ता गराएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र एक जना स्वतन्त्र गरि ४ जना उम्मेदवारहरूले मनोनयन दर्ता गराएका हुन् ।

वडाध्यक्ष पदका लागि नेपाली कांग्रेसबाट धन सिंह कुवर, एमालेबाट मान सिंह बडाल, माओवादी केन्द्रबाट वीर सिंह कार्की र स्वतन्त्र उम्मेदवारका रुपमा लाल बहादुर कुवरले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत पुष्प राज पाण्डेले जानकारी दिनुभयो ।

मनोनयन दर्ता संगै दलहरुले चुनावी कोणसभा सुरु गरेका छन् ।यसअघि २०७९ को निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित  मनोरथ भट्टको गत वर्ष हृदयघातका कारण मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment