शंकरपुर क्याम्पसको स्ववियु सभापतिमा जानकी टमटा निर्वाचित
८ चैत २०८१, दार्चुला / शारदा पन्त।
चैत्र ५ गते सम्पन्न स्ववियु निर्वाचन मा दार्चुलाको मालिकार्जुन – ८ पस्ति स्थित शंकरपुर क्याम्पसको स्ववियु सभापतिमा दलित समुदायबाट जानकी टमटा निर्वाचित हुनुभएको छ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका दार्चुला स्थित ५ वटा क्याम्पसहरुमा सर्वसहमतिमै नेतृत्व चयन गर्ने विद्यार्थी संगठनहरुको भद्र सहमतिमै स्ववियु निर्वाचन सम्पन्न भएको हो।
जस अनुसार शंकरपुर क्याम्पस (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको भागमा परेको थियो भने त्यसभित्र पनि (अखिल क्रान्तिकारी) दार्चुलाले जानकी टमटा लाई आफ्नो उम्मेदवार अगाडि सारेको क्रान्तिकारी विद्यार्थी संगठन दार्चुलाका अध्यक्ष राजेन्द्र रावलले बताए।
साथै, जानकी टमटा निर्वाचित भएसंगै उनको उम्मेदवारी देशभरीमै टेनटप भित्र पर्न जान्छ र यस्तो उदाहरण माओवादी केन्द्र ले मात्रै दाखिला गर्न सक्छ भनि युवा नेता ओमप्रकाश धामीले बताए।
यस्तै , अधिवक्ता दिवानीराम लुहार भन्नुहुन्छ:
“हालै सम्पन्न भएको स्ववियु निर्वाचनमा मालिकार्जुन गाउँपालिका वडा नम्बर – ८ मा रहेको शंकरपुर क्याम्पसको स्ववियु सभापति (अध्यक्ष) पदमा जानकी टमटा निर्वाचित हुनु देशमा पहिलाे पटक समुदाय स्तरबाट स्ववियु सभापति बन्ने ऐतिहासिक घटना हाे।
यो देशमा नेकपा (माओवादी केन्द्र)ले स्थापित गरेका राजनीतिक एजेन्डा गणतन्त्र,संघीयता, धर्मनिरपेक्षता, समानुपातिक,समावेशी मुद्दाकै कारण समाजमा रहेका दलित समुदायले समाजको नेतृत्व गर्न पुगिरहेका छन्।
मालिकार्जुन गाउँपालिका दार्चुला जिल्लाको यस्तो पालिका हो, जहाँ करिब २० प्रतिशत दलित समुदाय बसोबास रहेको छ। समाजमा जातीय उत्पीडन,छुवाछुत, शोषणमा परेका वर्षौदेखि हलिया, खलिया , डोली प्रथाबाट पीडित समुदायका लागि माओवादी पार्टी मियाेका बनेकाे छ। युद्धकालमा हलिया प्रथा अन्त्यका लागि पाच हजारमा पाच पुस्ता सम्म दास बनाएका हलियाहरुकाे तम्सुक च्यातेर दलित मुक्ति आन्दोलनको सुरुवात गरेकाे थियाे। आज हलियाहरु मुक्त भई पुनर्स्थापनाको काम हुँदैछ।
राजनीतिक प्रतिनिधित्वमा नेकपा माओवादीले पार्टीकाे जिल्ला ईन्चार्ज समेत याे समुदायबाट जिम्मेवारी दिई जिल्लाबाट पहिलो दलित सांसद मात्रै हाेईन् लक्ष्मी विकलाई सुदूरपश्चिमको इतिहासमा प्रदेश सरकारमा दलित समुदायबाट पहिलो क्याबिनेट मन्त्री बनाई ऐतिहासिक काम गरेको छ। यसका लागि माओबादि पार्टी र पार्टी नेतृत्व प्रचण्ड लगायत समग्र पार्टी पंक्तिलाई विशेष आभार व्यक्त गर्दछौँ।”






